खबर

विप्लपका नेता पक्राउ

काँकडभिट्टा ।

प्रहरीले बिर्तामोडबाट नेकपा विप्लप समूहका दुई जना नेता पक्राउ गरेको छ । आज बिहान साढे ९ बजे प्रहरीले झापा जिल्ला सेक्रेटरी प्रबिन मिश्र ( मनिष) र अर्का जिल्ला सदस्य टीका पोख्रेललाई बिशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले बताएका छन् ।

उनीहरुलाई बिर्तामोड नगरपालिका–४ स्थित नेपाल विद्युत प्राधिकरण कार्यालयको नजिकै रहेको चिया पसलबाट नं. १ प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खट्टिएको प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button