
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।
सोमबार पार्टीको मुख्य कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको पाँचौँ वार्षिक स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
सो अवसरमा प्रचण्डले समाजवादलाई निमोठ्न खोज्नेविरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न निर्देशन दिएका हुन् । उनले हजारौँ नेपाली छोराछोरीको बलिदानबाट प्राप्त उपलब्धिलाई चौतर्फी घेराबन्दीको प्रयास भइरहेको बताए । उनले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु ।’
उनले अराजकता मच्चाउनेहरूमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्न आवश्यक रहेको बताए ।
०७१ साल भदौ ३० गते निधन भएका तत्कालीन नेकपा (माओवादी केन्द्र्र)का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्वसांसदसमेत थिए ।
घटना र विचार