फाइल फाेटाे
समाजवादी पार्टीले संविधान दिवसमा खुशियाली पनि नगर्ने र कालो दिवसका रुपमा पनि नमनाउने भएको छ।
संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेलेका डा. बाबुराम भट्टराई र संविधानलाई पुनर्लेखन गर्न माग गर्दै आएका उपेन्द्र यादव नेतृत्वको दल एकीकृत भएर बनेकाे समाजवादी दलले संविधानबारे बिचको बाटो रोजेको हो।
सो दलले विज्ञप्ति प्रकासित गरेर भनेको छ, ‘२०७२ सालको विद्यमान संविधान त्रुटिपुर्ण एवं अपुर्ण रहेकोले संविधान जारी भएको दिन असोज ३ गतेको सन्दर्भमा खुशियालीका रुपमा दिपावली र विरोधका रुपमा कालो दिवस दुबै नमनाउने र त्यस्ता कार्यक्रममा सहभागी पनि नहुने’ निर्णय गरेको जनाएको छ।
साथै सो दिन सातै प्रदेशमा ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने पनि समाजवादी दलले जनाएको छ।नेपालखबर