
काठमाडौं । नेपाली कांग्रेसले बाँके जिल्ला सभापति किरण कोइरालामाथिको आक्रमणको विषयमा कारवाही हुनुपर्नै माग राख्दै संसद अबरोध आजपनि जारी राखेको छ ।
उक्त घटनाका बिषयमा बाँकेको खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता भएपछि कांग्रेस संसदको अवरोध हटाउन तयार भएको थियो ।
तर, संसद बैठक सुरु भएपछि नेकपा सांसदले वडाध्यक्षविरुद्ध कारबाही स्वीकार्य नहुने बताएपछि संसदको अवरोध हटाउने सहमति भाँडिएको छ ।
अहिले कांग्रेस सांसदहरुले संसद अवरुद्ध गरेका छन् ।ई-हुलाकी