कृषि र किसान

भन्छन्, ‘उत्पादन बढाउन सके जतिपनि निर्यात गर्न सकिन्छ’

काठमाडौं। हरि ढकालको व्यवसाय उलसम्वन्धी हो । उनले झण्डै दुई दशकदेखि उलको म्यानिफ्याक्टरगरी यूरोप, अमेरिका, अष्ट्रेलियातर्फ विक्री गर्छन । त्यसबाट उनलाई राम्रै फाईदा भईरहेकै थियो । ‘रअ म्याटरियल सवै विदेशबाट आयात गर्दा नेपालकालागि त खासै केही फाईदा हुदैन’, ढकालले हलोखबरसंग भने, ‘उलको व्यापार छाड्न खोजेको त होइन, तर नेपालको कृषि उपज निर्यात गर्न सक्यो भने सवै पैसा नेपालमै बस्ने हो भन्ने लागेर कृषिमा हात हालेको छु ।’
एग्रिकल्चर नेपाल कम्पनी खोलेर उनले नेपालको तरकारी कतारमा लगे विक्री गर्न थालेका हुन् । सन् २०१७ देखि नेपाली तरकारी विदेशमा निर्यात गर्ने विषयमा बजार अध्ययन गरेको ढकालले जानकारी दिए ।

संस्थाका प्रवन्ध निर्देशक हरि ढकालका अनुसार कतारमा नेपालको तरकारीको माग उल्लेख्य रहेको बताए । नेपालमा अग्र्यानिक तरकारी गाउँ गाउँमा उत्पादन हुन्छ । तर, यसको बजार व्यवस्थापन वा म्यानेजमेन्ट गर्न सकिएको छैन् । बजारसम्म आइपुग्नका लागि आम्दानीभन्दा खर्च बढि हुने अवस्था छ ।

ढकालका अनुसार १७ घण्टा लोडसेडिङलाई राम्रोसंग म्यानेजमेन्ट गर्न सक्यो भने २४ घण्टामा हटाउन सकिने रहेछ । त्यस्तै नेपालको तरकारी तथा दूधहरु बाटोमा पोखिन्छन्, अनि भारतबाट आएकोले मज्जाले मार्केट लिइरहेको अवस्था छ । गाउँस्तरबाटै राम्रोसंग संकलत तथा बजारीकरण गर्न सक्यो भने नेपालकै तरकारीले खान मज्जाले पुग्ने उनको अनुमान छ ।
अव नेपालमा उत्पादन हुने कुनै पनि प्रकारका तरकारी तथा फलफूलहरु विदेशमा निर्यात गर्दै लैजाने योजना छ । उनले अहिलेसम्म ढेड सय टन सामान कतार पठाई सकेका छन् ।

हाम्रो देशका दूताबास वा राजदूत विदेशमा सुतेर बस्ने गरेको बताउँदै उनले भारतीय राजदूतको उद्हारण सुनाए, ‘कतारकै कुरा गर्ने हो भने भारतीय राजदूत जान साथ भारतीय व्यापारीहरुलाई बोलाएर वस्तुस्थिती बुझेर आफ्नै देशको सामानको प्रमोट गर्छन । तर हाम्रा देशका राजदूतको काम भनेरै साध्य छैन् ।’

ढकालले कतारको होलसेलर टाउन सिप कम्पनीलाई विक्री गर्छन । उनीहरुले अरुलाई दिने गर्छन । एक हजार केजी कुनै पनि तरकारी चाहियो भने नेपालमा उत्पादनै नहुने उनको अनुभव छ । ग्रेडिङ गर्दा ३० प्रतिशत घट्छ तर किसानले बजारमा भन्दा दोब्बर भाउँ पाउने उनको अनुभव छ ।

यसलाई व्यवस्थित गर्न र अग्र्यानिक नेपाली तरकारी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनका लागि एग्रिकल्चर नेपाल सञ्चालनमा ल्याएको ढकालले बताए । उनले भने, ‘किसानसँग समन्वय गर्न चाहान्छौं । यसका लागि सरकारले त्यो वातावरण तयार गरीदिए किसानको पसिनाको सम्मान हुने थियो ।’ नेपालको तरकारीमा पन्ध्र प्रतिशतभन्दा धेरै विषादी छैन् । तर, भारतबाट जाने तरकारीमा ३५ प्रतिशतबढि विषादीको मात्रा भएको ढकालले जनाए । ४० प्रतिशतभन्दा धेरै विषादी भएको तरकारी खान योग्न नहुने विश्वमा मान्यता छ ।

‘अहिले १० देखि २० टनसम्म नेपाली तरकारी कतारमा माग छ । हाम्रोमा उत्पादन नै छैन । कतारबाट एक टन हरियो खुर्सानीको माग आयो । कृषि फर्महरु खोज्दै जाने हो भने १० देखि २० किलोसम्म पाइन्छ,’ उनले भने, ‘हाम्रोमा उत्पादन नै छैन । उत्पादन नभएपछि हामीले माग अनुसारको काम गर्न सकेका छैनौँ।’

एग्रिकल्चर नेपालको वस्तु निर्यात र आयात गर्ने आफ्नै टिम छ । काम गर्दा कानूनी झन्झट नभए पनि व्यवहारिक पक्षमा समस्या देखिएको उनको भनाई छ ।

‘नेपाल सरकारले किसानलाई र व्यवसायीलाई प्रोत्साहन गर्नेगरी नीति बनाउनु पर्ने आवश्यकता भएको उनी वताउँछन् । कृषिमा अनुदान दिएपछि यस्को प्रतिफल हेरौं । कहाँ के भइरहेको छ ? उत्पादन कस्तो भयो ? यो मुख्य विषय हो,’ ढकालले बताए । ७ अर्ब अनुदान किसानका नाममा बाडिन्छ । रियल किसानसंग २ देखि ३ अर्ब पुग्छन्, बाँकी खै ?

‘कृषि प्रधान देश मात्रै नभनौं । कृषिमा आत्मनिर्भर हुने वातावरण तयार गरौं । किन, भारतको चामल र तरकारी नेपालमा आयत गर्ने ? कहिलेसम्म यस्तो भइरहन्छ ? यसकारण हामीले खाली जग्गामा किसानलाई खेति गर्नेगरी परियोजना चलाऔं । तरकारी र फलफूल मात्रैको अवधारण अगाडि बढाऔं । यस्ले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सकिन्छ,’ ढकालको तर्क छ ।

हाल यस कम्पनीले तिते करेला, सिमी, हरियो खुर्सानी, घ्यू सिमी, फर्सी, गुन्द्रक लगाएतका तरकारी निर्यात गर्दै आएको छ । यस्तै विभिन्न सिजन अनुसारको फलफूल समेत निर्यात गर्दै आएको छ । अहिलेका लागि आँप र भुइकटर निर्यात गर्दै आएको कम्पनीका निर्देशक ढकालको भनाई छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा नेपाली तरकारी पुर्याउनका लागि सुपरमार्केटहरुसँग सम्झौताको प्रक्रियामा लागेको ढकालले जानकारी दिए । यस विषयमा नेपाल सरकारसँग समन्वय भैरहेको छ । विमानस्थल र क्वारेन्टाईमा समस्या भएको ढकाल बताउँछन् । एग्रिकल्चर नेपालले विभिन्न ठाउँबाट तरकारी संकलन गरेर जम्मा गरेको हुन्छ । तर, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका कर्मचारीले कतार जाने सामान हो भनेर प्राथमिकता नै दिदैनन् । हलोखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button