खेलकुद

क्यानको निर्वाचन असोज १० र ११ गते हुने !

काठमाडौं– नेपाल क्रिकेट संघ ( क्यान) को निर्वाचन असोज १० र ११ गते हुने भएको छ । यस अघि असोज ३ र ४ मा हुनेभनेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असहमति जनाएपछि अन्यौलमा रहेको थियो ।

आज काठमाडौंमा राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल,स्वतन्त्र समितिका आईसीसी प्रतिनिधि अमर शेख र इमरान ख्वाजाबीचको छलफलले असोज १० र ११ मा गर्ने निर्णय गरेको स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए ।

स्वतन्त्र समितिले निर्वाचनका लागि स्वीकृति नलिएको, २१ दिने सार्वजनिक सुचना जारी नगरेका र निर्वाचन समिति राखेपले नै बनाउने पर्ने जिकिर गर्दै सदस्य सचिव सिलवालले असोज ३ र ४ मा निर्वाचन रोक्न स्वतन्त्र समितिलाई मौखिक निर्देशन दिएका थिए । ३९ जिल्ला र ६ प्रदेशको निर्वाचन सम्पन्न भई सकेको छ ।हाम्रो खेलकुद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button