खेलकुद

अग्रता जोगाउन नसक्दा कुवेतसँग नेपालको बराबरी

काठमाडौं– सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा बलियो कुवेतसँग बराबरीको नतिजा निकालेको छ । जोर्डनमा जारी प्रतियोगितामा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो खेलमा घरेलु टोली जोर्डनसँग ७–० को भारी अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा सुधारिएको खेल पस्कदै बलियो कुवेतलाई बराबरीमा रोक्न सफल भएको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गरे । कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ७४औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयको थप गरिएको पाँचौ मिनेटमा अब्दुल वाहबले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउदै नेपाललाई जितबाट वञ्चित गराए ।

बराबरीसँगै समूह ‘ए’ मा नेपालले २ खेलबाट १ अंक जोडेको छ । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा कुवेतले श्रीलंकालाई हराएको थियो ।

अब नेपालले ३ असोजमा ताजकिस्तानसँग खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले ५ असोजमा श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको लागि दोस्रो चरणमा स्थान बनाउने छ । (हाम्रो खेलकुद)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button