खबर

प्रधानसेनापतिको अर्को लोकप्रिय निर्णय : शान्ति सेनामा जाने सिपाहीको भत्तादरमा वृद्धि

काठमाडौं- नेपाली सेनाले शान्ति स्थापनार्थ मिशनमा खट्टिने सकलदर्जाको भत्तादरमा वृद्धि गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सैनिक जवानदेखी प्रमुख सेनानीसम्मको भत्ता वृद्धि गरेको हो ।

सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार कल्याणकारीले शान्ति सेनामा सहभागी हुने सकलदर्जाले मिशनमा खट्टिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता विवरण दरमा पुनरावलोकन गरेको हो । शान्ती सेनामा खटिने तल्लो दर्जा (बन्दोवस्ती कार्य सिपाही) ले हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १०२९ मा अमेरिकी डलर ८५ थप गरि प्रति महिना अमेरिकी डलर १११४ पुर्याइएको छ ।

यसैगरि गण कमाण्ड गर्ने गणपति (प्रमुख सेनानी) को समेत हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८ मा अमेरिकी डलर २१ थप गरि प्रति महिना अमेरिकी डलर १३९९ कायम गरिएको छ ।

आगामी अक्टोम्बर १ बाट लागु हुने उक्त भत्तादर वृद्धि गर्ने सम्बन्धमा अध्ययन गर्न सेनाले राय सुझाव कार्यदल गठन गरेको थियो । अन्य मुलुकहरुको प्रचलित अभ्यास एवं सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही भत्तादर पुनरावलोकन गर्ने निर्णय लिइएको सेनाले जनाएको छ ।

वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख व्ययभार पर्ने भएतापनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको सेनाको भनाई छ ।काठमाडौँपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button