खबर

‘आर्थिक रुपान्तरणको दर्विलो आधार होटल व्यवसाय’

काँकरभिट्टा / प्रदेश सांसद् श्रीप्रसाद मैनालीले निजी क्षेत्र अन्र्तगत पर्ने होटल व्यवसाय मुलुकको आर्थिक रुपान्तरणको दर्विलो खम्बा भएको बताएका छन् ।

क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरको सोमबार सम्पन्न आठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले भने–‘त्यसैले यसलाई थप मर्यादित र व्यवस्थित बनाउन उत्तिकै जरुरी छ ।’ सांसद् मैनालीले नाफामूलक पेशा मात्र नभई सेवामूलक व्यवसायका रुपमा स्थापित यसलाई समय सापेक्ष सुधार गर्दै रोजगारीको बलियो आधारका रुपमा अघि बढाउन सक्नुपर्ने धारणा व्यक्त गरे ।

‘निजी क्षेत्रमा यो व्यवसाय आयआर्जनको एउटा भरपर्दो पेशा हो’सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने–‘यो सम्मानीत पेशा हो र, यो आर्थिक समृद्धिको आधार पनि हो ।’ सभाको उद्घाटन सत्रमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, काँग्रेस नेता इन्द्रबहादुर बुढाथोकी, नेकपा नेता डिल्लीराम घिमिरे, राप्रपा नेता सुशील आचार्य, नयाँ शक्ति पार्टीका नेता वीरु श्रेष्ठ, प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले शुभकामना मन्तव्य व्यक्त गरे ।

त्यस्तै, सभाको खुल्ला सत्रमा होटल व्यवसायी संघका जिल्ला अध्यक्ष भोला उप्रेती, संघ मेचीनगरका पूर्व अध्यक्ष अर्जुन सुब्बा, दिलकुमार पाख्रिन, नाइट चेस क्लवका अध्यक्ष राजु कार्की, मेचीनगर बचाउ सरोकार समितिका संयोजक ज्ञानेन्द्र घिमिरे, महिला नेतृ बिना तामाङ, जिल्ला ट्राभल संघ अध्यक्ष नेत्र कार्कीलगायतले शुभकामना दिए ।

सभाको सन्दर्भ पारेर संघका पूर्व अध्यक्षहरु एवँ काँकरभिट्टा क्षेत्रका पुराना होटल व्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । संघका अध्यक्ष एवँ कार्यक्रमका सभापति ललित तामाङले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष गोपाल श्रेष्ठ(सुरेश) र सञ्चालन सचिव रामबहादुर तामाङले गरेका थिए ।

यसैबीच, सभाको बन्द सत्रले गोपाल श्रेष्ठ(सुरेश) संयोजक र राजु अधिकारी सहसंयोजक रहने गरी मेचीनगर होटल व्यवसायी संघको ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गरेको छ । उक्त समितिले संघको विधान संशोधन गरी आउँदो ६ महिनाभित्र साविकका दुहागढी, ज्यामिरगढी, धाइजन र बाहुनडाँगीलाई समेटेर संघको अधिवेशनको मिति तोक्ने निर्णय भएको बताइएको छ ।janasamsaddaily/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button