खबर

म्यानमारका ६ लाख रोहिंग्या नरसंहारको खतरामा : संयुक्त राष्ट्रसंघ

यांगुन– संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताले करिब ६ लाख रोहिंग्या मुसलमानहरु ‘नरसंहारको गम्भीर खतरा’को सामाना गरिरहेको बताएका छन्।

सेनाद्वारा देशबाहिर पठाइएका रोहिंग्याहरु अब स्वदेश फर्कन असम्भव देखिएको अनुसन्धानकर्ताले चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघको फ्याक्ट फाइन्डिङ्ग (तथ्य संकलन) टोलीले निर्माण गरेको प्रतिवेदनमा भनिएको छ, ‘म्यानमार लगातार नरसंहारको सोचलाई संरक्षण दिइरहेको छ, जसका कारण रोहिंग्याहरु यस्तो खतरा सामना गरिरहेका छन्।’ यो प्रतिवेदन अब संयुक्त राष्ट्र मानव अधिकार परिषद्‌मा बुझाइनेछ।

मानव अधिकार परिषदका तर्फबाट गठन भएको यो मिसनले म्यानमारमा मे २०१७ मा भएको सैन्य अभियानलाई गत वर्ष ‘नरसंहार’को संज्ञा दिएको थियो। सेना प्रमुख मिन ओङ्ग लेइङ्गले समेत शीर्ष जनरलका विरुद्ध मुद्दा चलाउनुपर्ने भनेका थिए।

सेनाको दमनकारी कारबाहीमा करिब ७४ लाख रोहिंग्या मुसलमान भागेर बंगलादेशमा शरण लिएका थिए। संयुक्त राष्ट्र संघको टिमले एक रिपोर्टमा म्यानमारको रखाइन प्रान्तमा अहिले पनि ६ लाख रोहिंग्या असहज अवस्थामा बसिरहेको उल्लेख गरेको छ। कुन दिन सरकारी सेनाले घरबारविहीन बनाउने हो भन्ने डर उनीहरुमा देखिन्छ।

प्रतिवेदनमा भनिएको छ, ‘म्यानमार सरकार गलत कामलाई अस्विकार गर्दै आएको छ। र, आफूले गरेको कामको प्रमाण नष्ट गरिरहेको छ। म्यानमार सरकारले अहिले विस्थापित भएका ठाउँमा निर्माणकार्य गरिरहेको छ।’

म्यानमार सेनाका प्रवक्ता जो मिन तुनको टिमले उक्त प्रतिवेदन अस्विकार गर्दै यो एकतर्फी आरोपमात्र भएको दाबी गरे। ‘पक्षपातपूर्ण आरोप लगाउनुको सट्टा घटनास्थलमा गएर त्यहाँको वास्तविक अवस्था पत्ता लगाओस्,’ प्रवक्ता तुनले भने। —द वायरबाट नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button