खबर

सोलुखुम्बुमा केन्याली पर्यटकको मृत्यु, ७ बिरामी सवार हेलिकोप्टर पनि आकस्मिक अवतरण गरिएको पुष्टि

काठमाडौं- सोलुखुम्बुमा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ। ७ जना बिरामी परेका छन्।

सोलुखुम्बु भ्रमणमा आएका केन्याका ३३ वर्षीय गोविंद लखमनको मृत्यु भएको हो। गएको आइतबार माहाकुलुङ गाउँपालिका-१, थाङ्नेस्थित ‘मेरा गेष्ट हाउस’मा बसेको अवस्थामा बिरामी भई उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही गेष्ट हाउसमा बसेका अन्य ७ जना पर्यटकसमेत बिरामी परेका छन्। मृतक र बिरामी सातैजना विदेशी पर्यकटसहित १ जना गाइडलाई उद्धार गरी आइतबार बिहान साढे ६ बजे कैलाश र एयर डाइनेस्टीको हेलीकोप्टरद्वारा काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।बिरामी लिएर उडेका हेलिकोप्टर खराब मौसमका कारण काठमाडौं अवतरण गर्न नसकेपछि काभ्रेमा आकस्मिक अवतरण भएका छन्। अहिलेसम्म पनि ती हेलिकोप्टर काठमाडौं आउन सकेका छैनन्।नेपाल लाइभ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button