कलाभिडियो चौतारी

मै दुखी किसान ।

नेपाली गरीब किसान आज अनेकौ समस्याले ग्रस्त छन । एकातिर उनी हरूसँग कमाइ गरेर निर्वाह हुने पर्याप्त जमीन छैन । अर्कोतिर त्यै भएको अलिकति जमीन पनि कमाउने उपाय छैन । छोराछोरी विदेशतिर कता के गर्दैछन बुढाबुढीहरूलाई थाहा छैन । बुहारीहरू नाती नातिना टिपेर बजार गएर बसेका छन । असारको पन्द्र होस कि फागुन पन्द्र उनीहरू गाउँ फर्कँदैनन । बुढाबुढी टक्लक्क एक्लै घर कुरेर बसेका छन । अरूले रोपाइँ गर्दै रमाएको तर आफ्नो खेत बारि बाँझै रहेको देखेर हृदय छताछुल्ल हुन्छ । काम गर्ने बर्गत पनि छैन । खेताला हाल्ने उपाय पनि छैन । यही परिस्थितिको चित्रण गर्दै आज भन्दा करीब पचिस बर्ष पहिले लेखिएको गीत हो यो । आँफै एरेञ्ज गर्न सिक्दै गर्दा तेती बेलाको मेरो क्षमता र शीपको स्तर कुन हालतमा थियो भन्ने कुरा यसको गीत र संगीत सबै सुने पछि र हेरे पछि आँफै थाहा हुन्छ ।जनवादी कलाकार जीवन शर्माको फेसबुकबाट ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button