खेलकुद

विश्व स्नुकर च्याम्पियनसिपमा अंकितको पहिलो जित

काठमाडौं – नेपालका अंकितमान श्रेष्ठले म्यानमारमा जारी विश्व पुरुष सिक्स रेड स्नुकर च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

म्यानमार मन्डालेले भएको खेलमा अंकितमानले पुर्व सिक्स रेडको तेस्रो वरीयताका कतारी मोसेन बुकसाइसालाई ४–१ को फ्रेममा पहिलो जित निकालेको हो ।

पहिलो फ्रेममा राम्रो शुरुवात गर्दै अग्रता लिएको अंकित त्यसपछिको फ्रेममा पनि आफ्नो प्रदर्शनलाई संयममता राख्दै जित निकाल्न सफल भएको हो । जितसँगै अंकितले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । अंकित पहिलो खेलमा हङकङका चोउ हो मनसँग ४–१ को फ्रेममा पराजित भएको थियो ।

पहिलो पटक विश्व स्नुकर च्याम्पियसिपका लागि नेपालको तर्फबाट अंकितसँगै राजन लामा, निर्मान बोगटी, सुजेन शाही र अमन कार्कीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता इन्टरनेसनल विलियर्ड एन्ड स्नुकर संघले आयोजना गरेको हो ।(हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button