खबर

चार्डपर्व लक्षित नामै मात्रको बजार अनुगमन

इटहरी । नेपालीहरुको महान पर्व दशैँ नजिकिएसँगै बजारमा अनुगमनको लहर चलेको छ । अनुगमनका लागि अनुगमन गर्ने प्रवृत्तिले उपभोक्ता र व्यापारीमा हाउँगुजी मात्रै हुने गरेको छ । बढ्दो कालोबजारी अन्त्य गर्न प्रभावकारी अनुगमन नहुदा उपभोक्ताहरु ठगीने क्रम बढ्दै गएको उपभोक्ताहरुको गुनासो छ ।

मौसमी प्रकृया झैँ गरी सुरु भएको यस्ता अनुगमन केवल अनुगमनका लागि मात्र हुने गरेको उपभोक्ताहरु बताउँछन् । दशैँ तिहार जस्ता चाडपर्वमा बजार अनुगमन प्रभावकारी हुनु पर्ने इटहरीका ब्यापारी सरोज श्रेष्ठ बताउँछन । उनी भन्छन् म ब्यापारी हो मैले गरेको गलत र सहिको मुल्याङकन अनुगमनले गर्नु पर्छ उनी भन्छन् । ठाउँ ठाउँमा गएर अनुगमन गर्नु झारो टार्नु मात्र हो उनी भन्छन् ।

अनुगमनबाट बास्तविक कालोबजारी उम्कन सक्ने भएकाले अनुगमन आकस्मीक र छड्के तरिकाले गर्नुपर्ने इटहरीका उपभोक्ता नवराज फुयाल बताउँछन् । बजारमा हुईयाँ मात्र फैलाउने तर बढ्दो कालोबजारी र कृतिम अभाव नियन्त्रण गर्न मौसमी रुपमा मात्र नभएर बजार अनुगमन भएको फुयालको तर्क छ ।

चाडपर्वको समयमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तु , लत्ता कपडाको बढि खपत हुने गर्दछ । यस्तो समयमा व्यापारीहरुले बढि फाईदा लिन मुल्यमा वृद्धि गर्ने, कृतिम अभाव गर्नेलाई कार्वार्ही गर्ने हिम्मत राखेर अनुगमन हुनु पर्छ फुयाल भन्छन् । अहिले बजार अनुगमन गरिस भन्दा गरे जस्तो मात्र भएको छ उनी भन्छन् ।

सरकारले मुहानमै सफा गर्ने गरी बजार अनुगमन गर्ने बताए पनि प्रभावकारी हुन सकेको छैन । उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित भएपछि प्रभावकारी बन्न नसकेको हो ।

बजार अनुगमन समिति इटहरीको संयोजक प्रकृति चौलागाईले चाडवार्ड लक्षित बजार अनुगमन लगातार तीन दिन भएको बताईन । औषधी पसल,किराना पसल र मासु पसलहरुमा अनुगमन गरेको चौलागाईले बताईन । हामीले चाडवार्ड नआउँदा पनि महिनामा २ पटक अनुगमन गदै आएका छौ चौलागाईले बताईन ।

सरकारले अहिले पनि बजार अनुगमनलाई परम्परा शैलीमा खुद्रा पसलमा केन्द्रित गरेको छ । खाद्य पदार्थको म्याद नाघेको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र नभएको विषयमै अनुगमन केन्द्रित गरेको छौ चौलागाईले बताईन । अनुगमनको क्रममा मासु पसलहरु ब्यवस्थित भने नभेटिएको बताईन । केहि औषधी पसल र किराना पसलहरुमा राम्रो नदेखिएको उनको भनाई थियो ।

अधिकांस पसलमा मुल्य सुची छैन

इटहरीका अधिकांश खाद्यन्न बिक्रि गर्ने पसलमा मुल्य सुची टाँसिएको छैन भने अधिकांश पसलहरुमा मनपरी मुल्यमा सामान बिक्रि गर्ने गरिएको छ । मासु पसल,किराना,फेन्सी लगायतका कुनै पनि पसलमा मुल्यसुची नटाँसिदा ग्राहक तथा उपभोत्ताहरुले चर्को मुल्य तिर्न बाध्य भएका छन ।

चाडपर्वमा सामानको भाऊ हवात्तै बढेको छ,तरपनि अनुगमन गर्ने निकायहरु निश्क्रिय नै देखिन्छन । अधिकांस पसलहरुमा मुल्य सुची सँगै बजार समेत दर्ता नगरि कर नतिरी सञ्चालन हुदै आएको भेटियो संयोजक चौलागाईले भनिन् । बजारमा अनुगमनको क्रममा अधिकांस पसलहरुमा मुल्य सुचि भेटिएन उनले भनिन् ।
यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले अहिले बजार अनुगमनलाई प्रभावकारी बनाउन आफुहरु लागेको बताएका छन । बजार अनुगमन गरेर अहिले चाडवार्डको बेला उपभोक्ता ठगिनबाट जोगाउँछौ गौतमले भनिन् । अहिले हामी नियमित अनुगमन गर्ने तयारीमा लागेका छौ गौतमले भनिन् । सञ्चारपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button