काँकरभिट्टा । अवैध रुपमा भारतीय रुपैयाँ ओसार पोसार गरेको आरोप बुधबार भारत पश्चिम बंगालको पानीटैंकी चेक पोष्टबाट दुई नेपाली नागरिक र एक जना भारतीय पक्राउ परेका छन् । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार उनीहरु तिनै जनालाई सिमा सुरक्षाबल ४१ नं बटालाईनको सुरक्षा जाँचका क्रममा बुधबार सिमा नाका पानीटैंकीबाट प्रकाउ गरिएको बताईएको छ ।
प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा झापा जलथलका गञ्जबहादुर बन, दोलखा चरिकोटका राजकुमार तामाङ्ग , भारत सिक्किम गान्तोकका दोर्जे तामङ्ग रहेको थाहा भएको छ । उनीहरुको साथबाट क्रमश बनबाट १ लाख सत्चालिस हजार , दोर्जेबाट २ लाख ३० हजार र राजकुमारबाट ९८ हजार पाँच सय र दुई हजारका भारतीय नोट बरामद गरेको सिमा सुरक्षाबल पानीटैंकी चेक पोष्टले जनाएको छ ।
भारतीय रुपैयाँ पाँच सय र दुई हजारका नोट यति ठूलो परिणाम नेपाल भित्र प्रबेश गराउनुलाई भारतीय कानून अनुसार अवैध मानिन्छ । भारतीय रुपैयाँ नेपाल भित्र प्रवेश गराउन लागेको अभियोगमा उनीहरुलाई आबाश्यक कानूनी कारबाहीका लागि पानीटैंकी कस्टममा बुझाईएको बताईएको छ ।