कृषि र किसानखबर

दुबै सदनबाट पास भयो भूमि सम्बन्धी संशोधन ऐन

ललितपुर। भूमि सम्बन्धी ऐन (आठौं संशोधन विधेयक) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ। राष्ट्रियसभाबाट संशोधनसहित पारित विधेयक प्रतिनिधिसभाले बिहीबार बहुमतले स्वीकृत गरेको हो।

त्यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेकी थिइन्।

विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले राजनीतिक र सामाजिक न्यायका हिसाबले सम्बोधन हुनेगरी भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नेगरी सरकार अगाडि बढेको बताइन्।

लामो समयदेखि पीडामा बसेका भूमिहीनहरू भूमिको मालिक हुने सपना पूरा गर्न यो विधेयक ल्याइएको जानकारी दिक्षन्।

निजी क्षेत्रलाई संविधानले नै तीनखम्बे अर्थतन्त्रको मुख्य पाटोको रूपमा लिइसकेपछि निजी क्षेत्रलाई विकासमा योगदान गर्ने वातावरण बनाइदिने राज्यको कर्तव्य भएको उनको भनाइ थियो।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button