खबर

नेताहरु डस्टविन भएका छन : सांसद कार्की

धुलाबारी,
संघिय सांसद राम कार्कीले अहिलेको अवस्थामा नेताहरुको अवस्था डस्टविन जस्तै भएको बताउनु भएको छ ।
झापाको धुलाबारीमा आयोजित हाम्रो संविधान र मानवअधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका सांसद कार्कीले जसले जे गरे पनि नेतालाई दोष देखाएर पन्छिने काम भएकाले नेताहरु फोहोर फाल्ने डस्टविन जस्तै भएको बताउनु भयो ।

पुर्व मन्त्री समेत रहनु भएका नेता कार्कीले आफ्नो जिम्मेवारी पुरा नगर्ने तर काम सफल नभए पछि नेतालाई दोष दिने प्रबृद्धिले देश बिकास हुन नसकेको बताउनु भयो ।
झापा क्षेत्र नम्बर १ बाट आफुले चुनाव जितेर सांसद भएको र अहिले चुनावमा सघाएको भन्दै गलत काम गर्न दबाब दिने पनि सांसद कार्कीले उल्लेख गर्नु भयो । वहाँले भन्नु भयो, तपाईलाई चुनावमा सघाएको छु भन्दै आफ्नो काम गरिदिनु प¥यो भनेर स्थानीयहरुले भन्ने गरेको र ति काम धेरै जसो गर्न नमिल्ने प्रकृतिको हुने गरेको समेत कार्कीले बताउनु भयो ।

संविधान दिवसको सन्धर्भ पारेर एम्नेष्टी इन्टरनेशनल नेपाल समुह २२ ले आयोजना गरेको कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका पुर्व अध्यक्ष हेमकुमार खड्का, रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, एन प्याब्सन झापाका अध्यक्ष सञ्जीव राई, बिद्यार्थीहरु युनिका गौतम, सुस्मिता बिश्वकर्मा, सुस्मा तामाङ्ग र चाँदनी अन्सारीले संविधान र मानवअधिकारको अवस्थाका बारेमा धारणा राख्नु भएको थियो ।

धुलाबारी स्थीत इष्ट होराइजन अंग्रेजी माविको सभाहलमा सम्पन्न कार्यक्रमा एम्नेष्ट इन्टरनेशनल समुह २२ का सदस्य केशब पौडेलले स्वागत तथा औचित्यमाथी प्रकाश पर्नु भएको थियो ।
समुह २२ का संयोजक सुनिता रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रम समुहका सचिव बिनोद प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

रेडियो साथी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button