खबर

वासिङ‍टनमा गोली चल्यो, १ काे मृत्यु, ५ घाइते

काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार राती गोली चलेको छ । उक्त गोली प्रहारमा परी एक जनाको मृत्यु भएको स्रोतले जनाएको छ। कोलम्बिया हाइट्स क्षेत्रमा भएको पहिलो गोली प्रहारमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए ।

यस्तै, बिहीबार राति वासिङटनको रोधे आइलयान्डमा पनि गोली चलेको थियो । उक्त घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ। दुवै घटना एकअर्कासँग जोडिएको हुनसक्ने स्थानिय प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले दुईजना व्यक्ति हतियार लिएर हिँडिरहेको तस्विर फेला पारेको छ।नेपाल समाचारपत्र अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button