न्युज अफ नेपाल, काठमाडाैं । साँखु प्रभागका इन्सपेक्टरले गरे फिल्मि शैलिमा वालिकाको उद्धार गरेका छन् । भदाै ३१ गते शान्ति पाठशालामा कक्षा ८ मा अध्यानरत वालिका एलिना पोख्रेल (नाम परिवर्तन) विहान ५.३० बजे विहान पढ्न भनि जान्छिन ६ बजे कक्षा संचालन हुंदा आफ्नो जेहेन्दार विद्यार्थी कक्षामा नदेखे पश्चात प्रिन्सिपलले अविभावक लाई फोन गर्छन, अविभावकले विद्यार्थी स्कुल नै गएको भने पश्चात सर्बत्र खोजतलास गर्दा नभेटे पछि महानगरीय प्रहरी प्रभाग साँखुमा प्रिन्सिपल र अविभावक दिँउसो २.३० बजे पुग्छन ।
त्यँहाका डिउटी अधिकृतले कार्यालय प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थी लाई १४ वर्षकी वालिका हराएको भनि रिपोर्ट गर्न आउनु भएको छ भनी रिपोर्ट गर्छन । केही मात्रामा विरामि परी आराम गरि रहेका इन्स्पेक्टर पन्थी १४ वर्षकी बालिका हराएको भन्ने सुन्ना साथ कार्यालयमा तत्कालै पुग्छन र अविभावकलाई सोध खोज गर्छन । प्रिन्सिपललाई वालिकाको आनिबानि र साथि संगति बारे सोध्छन। एक १० कक्षामा पढ्ने विद्यार्थीले वालिका लाई मन पराएको तर त्यो एकतर्फि हुनसक्ने भन्ने रिपोर्ट सुन्छन ।
उनले केटाका अविभावक लाई फोन सम्पर्क गर्छन । केटाका बुवाले आफ्नो छोरा को बारेमा नकारात्मक कुरा गर्छ्न जता गएपनी आफुलाइ मतलब नभएको बताउछ्न । आफू अस्पतालमा भएको ले कुनै सहयोग पुर्याउन नसक्ने बताउछन् । त्यस बाट केटो ठिक नभएको सहजै अनुमान लगाउछन इन्स्पेक्टर पन्थीले । अनि केटाको नम्वर वुबा बाट माग्छन र उनले प्रविधिको उच्चतम प्रयोग गर्दछन र उनले सिन्धुपाल्चोकको निश्चित ठाँउ नै लोकेटेड गर्छन । तत्काल ईलाका प्रहरी कार्यालय मेलम्चिका इन्स्पेक्टर लाई फोन लगाउछन र यस्ता केस सिरियस रुपमा हेरिनु पर्दछ अन्यथा जस्ता सुकै घटना घट्न सक्छ तसर्थ तत्काल आफै खटिई वालिकाको उद्धार गर्नु ,मैले यता बाट अविभावक सहितको टोलि पठाउछु भन्छ्न ।
आफुले सुचना पाएको २ घण्टा भित्रमा उनले वालिका पत्ता लगाई प्रहरीको नियन्त्रणमा लिन्छन र अविभावकलाई नआत्तिनुहोस तपाईको बच्चा प्रहरीले फेला पारी सकेको छ भन्छन ।तर अविभावकलाई त्यति छिट्टै बच्चा कसरी फेला पर्यो पत्यार हुदैन र तत्काल साँखु प्रभागमा आउछन ।बच्चा आउदै गरेको भन्ने भए पश्चात उनिहरु आस्वस्त हुन्छन । जब आफ्नो बच्चा आफै संग उपलब्ध हुन्छ अनि अविभावक हर्षले गदगद भै आँसु नै बगाउछ्न। अन्त्यमा यस्तै सबै जनताका समस्या र पिरमर्का लाई आफ्नो जस्तै सम्झिइ आफू बिरामी नै हुदा समेत यसरी लागि परि आफुले सुचना पाएको २ घन्टामै आफ्नी बालिका को उद्दार गरि बच्चा जिम्मा दिने निरीक्षक पन्थी लाई धन्यवाद दिन्छन र प्रिन्सिपलले समेत खुशि व्यक्त गर्दछन ।
हराएकै दिन तत्काल वच्चाको उद्धार हुन नसकेको भए वच्चाको अबस्था अर्कै हुन पनि सक्थ्यो उनले अर्कै निर्णय लिन वा जे पनि हुन सक्ने थियो । त्यसरी हराएको बच्चालाई प्राय अधिकारी ले केही समयमा आउला , साथी सङै गएको होला भनी त्यति ध्यान नदिदा धेरै ठुला घटना बिगत मा घटी प्रहरी सङग्ठन नै आलोचित हुनु परेको यतार्थता हामी सामु ताजै छ।आफै गएको वा हराएको बच्चालाई त्यसरी तत्कालै लिएर वालिकाको तत्काल उद्धार गरी दिने प्रहरी निरीक्षक पन्थी बधाईका पात्र भएका छन र समग्र साँखु बासिले यस्ता सहयोग र क्रियाशील एंवम अनुभवि प्रहरी ईन्चार्ज पाएकोमा खुशि व्यक्त गर्न थालेका छन ।नेपाल समाचारपत्र अनलाइनबाट ।