बिर्तामोड राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ ।
विभिन्न चार विधामा प्रत्येक विधाबाट समान ३ जनाको मनोनयन सार्वजनिक गरिएको हो । वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी एस्तर राई, फुटबलकी अन्जिला तुम्बापो सुब्बा र भलिबलकी बिनिता बुढाथोकी मनोनयमा परेका छन् ।
फुटबल चारै विद्यामा मनोनयमा परेको छ । फुटबलका छिरिङ गुरुङ, क्रिकेटकी अप्सरी बेगम र ब्याडमिन्टनकी अमिता गिरी वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयमा परेका छन् ।
राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का, बक्सिङका डम्बर लिम्बू र करातेका योगश चम्लिङ वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् । बुद्ध तामाङको संयोजकत्वपमा रहेको प्रतिभा छनोट समितिले मनोनय सार्वजनिक गरेको हो ।
वर्ष उत्कृष्ट पुरुष खेलाडीले मोटरसाइकल, वर्षकी उत्कृष्ट महिला खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । वर्षका उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्ने झापा मञ्चका अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।
अध्यक्ष खरेलका अनुसार पिपुल्स च्वाइज र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका विजेता कार्यक्रम हुने दिन घोषणा गरिनेछ । पिपुल्स् च्वाइसको विजेताले २५ र लाइट टाइम अचिभमेन्ट अवार्डका विजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।(हाम्रो खलकुद)–