कला

अमिताभ बच्चनका विरुद्ध उनकै घर बाहिर प्रदर्शन

काठमाडौं- बलिवुडका प्रख्यात अभिनेता अमिताभ बच्चन सामाजिक सञ्जाल ट्विटरमा गरेको एक टिप्पणीका कारण विवादमा परेका छन्।

यही विवादका कारण उनको घर बाहिर विरोध प्रदर्शनसमेत भएको छ। मेट्रो रेलको एक परियोजनाको सर्मथन गरेपछि ‘बिग बी’ अर्थात बच्चनविरुद्ध जनताले विरोध प्रदर्शन गरेका हुन्। मेट्रो रेल परियोजनामा कार शेड बनाउनका लागि मुम्बईको हरित क्षेत्र आरे कोलनीमा २६ सयभन्दा धेरै रुख काट्ने प्रशासनको निर्णयको बच्चनले सर्मथन गरेका थिए।

प्रशासनको उक्त निर्णयको विरोध गर्दै आएका जनता, पर्यावरणविद् र सामाजिक कार्यकर्ताले अमिताभ बच्चनको विरोध गरेका हुन्। अप्रत्यक्ष रुपमा बच्चनले रुख नास गरेर कार शेड बनाउने गलत कार्यको सर्मथन गरेको उनीहरुको आरोप छ। रुख काट्ने प्रशासनको निर्णय सर्मथन गरेको विरोधमा मुम्बईको जुहुस्थित बच्चनको निवास ‘जलसा’मा मानिसहरुले प्रदर्शन गरेका हुन्।

बच्चनले गरेको प्रशंसापछि मुम्बई मेट्रो रेल कर्पोरेसन लिमिटेडका प्रवन्ध अश्विनी भिन्डेले त्यसको स्वागत गरेका थिए। उनको सर्मथनपछि जनताहरु बच्चनविरुद्ध झन भड्किएका थिए।

यो विवाद अहिले उच्च अदालतमा विचाराधीन छ। मुम्बई उच्च अदालतमा पर्यावरणविद्‌हरुले रिट दायर गरेका छन्।नेपाल लाइभ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button