कुमार थापा , संगीत संयोजक ( म्यूजिक एरेन्जर)
अहिलेका चर्चित संगीत संयोजक अर्थात म्यूजिक एरेन्जरको झण्डै अग्रपंक्तिमा रहेका संगीत संयोजक कुमार थापा एक समय संगीतकारका नामले परिचित कलाकार थिए । संगीतकारको परिचय हुदाहुदै संगीतको उस्तै पाटो संयोजनतर्फ उनी मोडिएर र आज उनी ब्यस्त म्यूजिक एरेन्जरको लाईन भित्र परेकाछन् । दर्जनौ नेपाली गीतमा उम्दा संगीत भरेका कुमार हम्मेसी सार्वजनिक हुन चाहदैनन् र संचारमा आउन पनि उनी अफ्ठ्यारो जस्तो मान्छन् तर हामीसँगको भेटमा आज हामीले उनै संगीतकार ÷ संयोजक कुमार थापासँग गरेको संक्षिप्त सांगीतिक वार्तालाप ।
गीत संगीतको क्षेत्रमा तपाई कसरी आउनु भयो , छोटकरीमा बताईदिनु हुन्छ की ?
सानैदेखिको मेरो रुचि हो भन्नु पर्छ । मेला पाता र गोठाला जादा सुनेका नेपाली गीतहरुको आफ्नै मर्म र भावना हुन्छ । उ बेला सुनेका गीतहरु दिमागमा भन्दा पनि दिलमा छुन्थे आफु पनि पछि यही पेशाम आउने रहेछ भन्नु प¥यो ती गीतहरु एकान्तमा जानीनजानी गुन्गुनाउँथेँ समयक्रमसँगै बिध्यालयको पढाईसँगै संगीत पटि पनि रुचि बढेर गयो र संगीत सिक्न र पढ्न पनि थालेँ र अहिले बिगत डेढ दशकदेखि निरन्तर संगीतमै रहेको छु ।
संगीतकारको परिचय बनाईसक्नु भएको मान्छे पछाडि फेरि संगीत संयोजन पटि लाग्नु भो नी किन ?
हो, यो समयक्रमसँगै हुदो रहेछ । मैले संगीत गरिरहँदा पनि संगीत संयोजनको काम पनि आफै गर्थेँ पछि संगीत संयोजनको काममा अलि बढि ब्यस्त बन्न थालेँ र आफैलाई लाग्यो मैले एउटा बाटो अब पक्रनु पर्छ भनेर र संगीत संयोजनको काममा अहिले पनि ब्यस्त छु तर यसको अर्थ संगीत गर्ने कामलाई पुरै छाडेको भने होइन ।
गीतमा संगीत भर्नु र संगीत संयोजन गर्नु कुन चाँही सजिलो होला ?
यो सजिलो र अफ्ठ्यारो भन्दा पनि एउटा सृजना माथि को सर्जकको सृजनात्मक क्षमता भनौँ या उसको कौशलता हो जस्तो लाग्छ किनभने राम्रो शब्द , राम्रो संगीत र राम्रो संगीत संयोजन अनि राम्रो गला मिलेपछि एउटा राम्रो गीतको जन्म हुन्छ । अब गीतकारले एउटा भाव होस् या एउटा कथाको जस्तो परिकल्पनामा शायद गीत लेख्छ होला अनि संगीतकारले उसको शब्दको मर्म बुझेर संगीत भर्छ होला अनि संगीत संयोजकले त्यो गीत र संगीत दुबैको भाव, मर्म , ताल , लय र स्वरको समेत ख्याल गरेर संगीत संयोजन गर्ने गर्छ ।
तपाई संगीत संयोजन गर्दा के कुरामा धेरै ख्याल गर्नु हुन्छ त ?
मैले माथि पनि भनेनी , गीत र संगीतको भावमानै डुबेर त्यसलाई आबाश्यक पर्ने सांगीतिक खुराक दिने काम एउटा संगीत संयोजकको हुन्छ । म सामान्यतया गीत र संगीतको मर्म र भावमानै डुबेर भनौ या त्यस कुरालाई बिशेष ध्यान दिएर संगीत संयोजन गर्ने गर्दछु ।
बुझ्ने गरि भन्दा नि यो संगीत संयोजन अर्थात म्यूजिक एरेन्ज भनेको केहो ?
सरल भाषामा भन्नु पर्दा संगीत संयोजन भनेको बाजागाजाको संगीतमा उचित र सुहाउँदिलो ब्यबस्थापन गर्नु हो अर्थात जब गीतलाई संगीतले भरिन्छ भने कुन बाजाको प्रयोग गरि त्यो गीतलाई सुन्दर बनाउने हो त्यो संगीत संयोजकको कर्तब्य भित्र पर्छ जस्तो लाग्छ ।
तपाई त्यति धेरै सार्वजनिक बन्न चाहानु हुन्न अरे मिडियामा पनि उति चासो राख्नु हुन्न अरे के यो सत्य हो ?
यो केही सत्य हो म काममा बिश्वास गर्छु र कामप्रति ईमान्दार बन्नु पर्छ भन्ने सोचको मान्छे हुँ तर यसको अर्थ यो नलागोस की म मिडियाबाट टाढा रहने भन्ने आम दर्शक र श्रोतामाझ हाम्रा गीत हरु भनौ या हाम्रो क्षमता देखिने त संचारका साधन मार्फतनै हो र यो सत्य पनि हो । तर, म यस्तो हुँ र त्यस्तो हुँ मैले अहिले सम्म यो गरेँ भनेर चाही प्रचार गर्न मलाई रुचि छैन । किनभने मेरो कामनै यही हो भने मैले किन म फलानो हुँ भनेर चिनाउनु प¥यो र मेरो कामलेनै मेरो परिचय दिन्छ भन्ने मलाई लाग्छ ।
अहिले कत्तिको ब्यस्त हुुनुहुन्छ त ?
ब्यस्त छु भन्नु पर्छ यो महिनामा कम्तिमा पनि दस ओटा गीत गरिसक्नु पर्ने छआफुले गरिरहेको पेशाबाट सन्तुष्ट हुनुहुन्छ , के कमाउनु भयो के गुमाए जस्तो लाग्छ ?
पुराकापुर सन्तुष्ट बालापनमा पछि जे गर्छु जस्तो लागेको थियो आज त्यही कर्म गरिरहेको छु । सामान्य नेपालीको जस्तो दैनिकी जिवन चलेको छ , ठूला सपना साँचेको छैन । केही गुमाए जस्तो लाग्दैन आफ्नो कामप्रतिको निरन्तरता र ईमानदारिताले नै त होला कामको खाँचो छैन यसै क्षेत्रमा जिवनको यात्रा हाँक्छु भन्ने थियो अहिले सम्म यात्रा जारी छ , शायद जारीनै रहन्छ भन्ने लागेको छ ।
जन संसद दैनिकबाट ।