खबर

सनराईज बैंकको बिराट चौक शाखाले ग¥यो वृक्षारोपण

    बिराट चौक । ‘ प्लान्ट टु ट्रि, सेभ लाईफ’ भन्ने वातावरण र मानवबीचको अन्यान्योश्रित सम्बन्धलाई थप सचेतना जगाउने उद्देश्यका साथ आफ्नो केन्द्रीय कार्यक्रमलाई १२ स्थापना दिवसको अवसरमा आफ्ना शाखाहरु मार्फत समेत मनाउँदै आएको सनराईज बैंकको मोरङ्ग स्थित बिराट चौक शाखाले पनि शनिवार एक कार्यक्रमका बीच वृक्षारोपण गरि मनाएको छ ।


सनराईज बैंक बिराट चौक शाखाका प्रमुख कुमार खड्काका अनुसार १२ वार्षिकोत्सव मनाउने कार्यक्रम अन्तर्गत आफ्नो शाखाले वृक्षारोपण गरेको बताए । खड्काका अनुसार १२ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रमहरु केन्द्रले ल्याएको र सोही अनुसार विभिन्न शाखाहरुले विविध रचनात्मक कार्यक्रमहरु गरिरहेको समेत बताए ।


शाखा प्रमुख खड्काले सनराईज बैंकले समाज र नागरिकप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै स्वास्थ्य विमा लगायतका सेवाग्राहीप्रतिको सेवामूलक कार्यक्रमका अलवा अन्य थुप्रै संस्थागत सामाजिक उत्तरदायित्व सँग जोडिएका कार्यक्रमहरु संचालनमा ल्याएको

समेत बताए ।सनराइज बैंक लिमिटेड शाखा कार्यालय विराटचोकबाट बैंकको १२औं वार्षिक उत्सव मनाउने क्रममा दुर्गादेवी दुलाल सुन्दरहरैचा स्पोर्टस ग्राम (व्याडमिन्टनहल) परिसरमा शनिबार बृक्षारोपण कार्यक्रम सम्मन्न भएकोछ । उक्त कार्यक्रममा विभिन्न प्रजातीका ४० भन्दा बढि विरुवा रोपिएको थियो । बृक्षारोपण कार्यक्रम उक्त ग्रामका अध्यक्ष तथा समाजसेवी श्री भोलेश्वर दुलालको प्रमुख अतिथि, उधोग वाणिज्य सघ विराटचोकको अध्यक्ष श्री नवराज चापागाइ बशेष आतित्वमा कार्यक्रम संचालन भएको थियो । उक्तम कार्यक्रम विराटचोक शाखाका शाखा प्रबन्धक कुमार खडकाको अध्यक्षतामा सम्पन्न भएको ्थियो ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले बैंकले संचालन गरेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बृक्षारोपण कार्यको साह्निय प्रशंसा गरेका थिए र आगामि दिनहरुमा त्यस्ता र्काय संचालन गर्न बैंकलाई सुझाव दिएका थिए ।
कार्यक्रममा उपस्थित सम्पुर्ण सहभागिहरुलाई धन्यवाद दिदैं कार्यक्रमका अध्यक्ष खडकाले यस्ता कार्यक्रमहरु विगतका वर्षहरुमा पनि गदैं आइरहेकोमा आगामि दिनहरुमा यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा ग्रामका खेडालीहरु, स्थानिय व्यक्तित्वहरु, ससत्र प्रहरी बल सलकपुरका कर्मचारी लगायत करिब ७०भन्दा बढीको उपस्थितिमा कार्यक्रम संपन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button