जी एन शर्मा
न उग्रताले
न सुस्तताले
बन्छत मूलुक नेपालीकै लगनशिलता र ईमान्दारिताले
न भ्रष्टले
न भाषणले
बनिन्छ त देश नेपालीको मेहनत र पसिनाले
न जातले
न धर्मले
बन्छत नेपाल, नेपालीकै कर्मले
न यताको गफ गर्ने नेताले
न उताको नाका थुन्ने बेटाले
बनाउँछत देश, एक ईमानदार सपुतले
न गफले
न हास्यरसले
बनाउने हो नेपाल, नेपालीको मनले
न सरापले
न अरोप र प्रत्यारोपले
समृद्ध बन्छ नेपाल ईमान, जमान , सत्यताले
सुन्दर बन्छ नेपाल नेपालीकै एकताले
न उत्तरले
नत दक्षिणले
नेपाल बनाउने हो मेची र महाकालीले
न मालिकले
न दासले
बनिन्छ सुन्दर नेपाल नेपालीकै ज्ञान र पसिनाले
समृद्ध बन्छ देश हाम्रै शीप र कौशलताले
हास्छ नेपाल केवल नेपालीकै मनले
बन्छ नेपाल मात्र नेपालीकै एकताले