खबर

झुम्का आएर प्रचण्डले भने ‘पर्दा पछाडी खेल्ने राजामहाराजाहरुलाई छुट हुन्न’

सुनसरीः नेकपाका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रीक शक्तिविरुद्ध लाग्नेलाई छुट नदिने बताएका छन् । थारु कल्याणकारी समाजले सुनसरीको झुुम्कामा आयोजना गरेको जीतिया पर्व महोत्वसको अवसरमा बोल्दै प्रचण्डले व्यवस्था परिवर्तनका लागि जनताले गरेको बलिदानीलाई सामान्य नसोच्न उनको चेतावनी दिए ।
‘हिजोका निरंकुश राजामहाराजाहरु पर्दापछाडी बसेर खेले खेल्न खोजेका छन् त्यसलाई छुट दिन सकिँदैन ।’ उनले भने । दाहालले संविधान कार्यान्वयनको चरणमा रहेको हुँदा समाजमा नकारात्मकता फैलाउनेलाई स्वतन्त्रता दिन नसकिने समेत स्पष्ट पारे ।
उनले व्यवस्था परिवर्तका लागि थारुहरुले देखाएको त्याग सम्मानयोग्य रहेको भन्दै थारुको योगदानलाई अवमुल्यन गर्ने पक्षमा नेकपा र सरकार नरहेको स्पष्ट पारे ।
उनले टीकापुर घटनाका मुख्य दोषी मानिएका रेशमलाल चौधरीसमेत छुुट्ने संकेट गरेका छन् । टीकापुर घटनाका दोषिका झुुटामुुद्धा खारेज गर्ने बारे सैद्धान्तिक सहमती गरिएको र निर्णय प्रक्रियामा रहेको प्रचण्डको खुलासा थियो ।प्रदेश पोर्टल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button