खेलकुद

सेभिल्लामाथि रियालको जित

एजेन्सी – फरवार्ड करिम बेन्जिमाको निर्णायक गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सेभिल्लालाई पराजित गरेको छ। रियालले सेभिल्लालाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।

सेभिल्लामा आइतबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा बेन्जिमाले दोस्रो हाफमा गोल गरेको थियो । ३५औं मिनेटमा बेन्जिमाको प्रहार सेभिल्लाका गोलरक्षक थोमस भकलिकले सहजै बचाए । ३९औं मिनेटमा हामेस रोड्रिग्वेजको प्रहारलाई थोमसले नै बचाए ।

६४औं मिनेटमा ड्यानियल कार्भाहलको पासमा बेन्जिमाले गोल गर्दै रियाललाई खेलमा अग्रता दिलाए । ६९औं मिनेटमा लुकास ओकाम्पसको प्रहार क्रसबारमा लागेर फर्कदा सेभिया बराबरीबाट चुक्यो । ८८औं मिनेटमा जेभियर हर्नान्डेजले बराबरीको गोलको मौका खेर फाल्दा रियाल १–० ले विजयी हुन सफल भयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button