उहाँसँग गरिएको भलाकुसारीको साराशं………..

यो कुनै वैज्ञानिक चमत्कार होइन विश्वासले दिएको जीवन हो । जन्मदैँ शारीरिक अपांगता लिएर जन्मिएका गोरखा पालुङटार–९, ठाँटीपोखरीका चेत बहादुर खरेल आमाको गर्भबाट जन्मिएको ९ वर्षसम्म त उनले ओछयानमै दिन अनि रात विताए । ९ वर्षदेखि चार खुट्टे जनावर जसरी उनले चार हात, खुट्टाले टेक्दै घिस्रिदैँ हिँडने गर्थे उनै चेत बहादुर खरेल । “९ वर्ष देखि २५ वर्षसम्मका मेरो घटना धेरै छ”, भावुक हुँदै”, उनले विगतका कुरा हामीलाई सुनाए । एउटै ठाउँमा डल्लो परी चार हात, खुट्टाले टेक्दै घिस्रिदैँ हिँडथे म, कुइनाले टेकेर उहिले जस्तो मेरो हाल चल्दैनथ्यो । घिस्रिएर हिँडदा गाई गोरुले हान्न आउने, कुकुरले टोक्न आउने । भर्खरका बालबालिका देखि जवानहरुले मलाई गिज्याउँथे गिल्ला गर्थे । चार हात, खुट्टाले घिस्रिएको भरमा म आफनो गाउँको नजीकै सरकारी स्कुल श्री भवानी उच्च मा.वि.मा कक्षा ८ सम्म पढन पनि भ्याँए । “केही समय उनको गला अवरुद्ध भयो”, स्कुल जाँन मेरो लागि निकै कष्टपूर्ण र चुनौतिपूर्ण काम भयो । साधारण रुपमा घरबाट १५ मिनेटको दुरीमा रहको स्कुलमा पुग्न मलाई कछुवा गतिमा घिस्रिएर हिँडदा घण्टौँ लाग्ने गथ्र्यो । “उनी खुशी हुँदै”, पहाडको गारेटो बाटोमा चार हात, खुट्टाले हिँडेर स्कुल जान आउनु असम्भवका विचमा सम्भव बनेको मेरो नयाँ जीवन सबैको लागि कल्पना भन्दा परको कुरा थियो ।
बाँकी अर्को भागमा …..