कला

सनी देओलको छोराको फिल्म डुब्यो

एजेन्सी
गएको शुक्रबार बलिउडका तीन फिल्म एकसाथ प्रदर्शन भए, जसमध्ये एक बलिउडका सुपरस्टार सनी देओलका छोरा करणको डेब्यू फिल्म ‘पल पल दिल के पास’ थियो । योसँगै अभिनेता सञ्जय दत्त स्टारर फिल्म ‘प्रस्थानम’ र तेस्रो अभिनेत्री सोनम कपूरको फिल्म ‘द जोया फ्याक्टर’ पनि प्रदर्शनमा आएका थिए । तर, यी तीन फिल्मलाई दर्शकले रिजेक्ट गरेका छन् ।

तीन फिल्मको बक्सअफिस कलेक्सन हेर्ने हो भने उदेकलाग्दो छ । तर, ‘प्रस्थानम’ र ‘द जोया फ्याक्टर’ भन्दा राम्रो कमाई करण देओलको फिल्म ‘पल पल दिल के पास’ ले गरेको छ । ‘प्रस्थानम’ ले तीन दिनमा २ करोड ९५ लाख कमाएको छ भने ‘द जोया फ्याक्टर’ ले २ करोड ३० लाख छापेको छ । करणको फिल्मले ४ करोड ६० लाख कमाएको जानकारी प्राप्त छ ।

‘पल पल दिल के पास’ को ओपनिङ कमाई १ करोड २० लाख थियो । जबकि, ‘प्रस्थानम’ ले ८० लाख र ‘द जोया फ्याक्टर’ ले ७० लाख कमाएका थिए । ‘पल पल दिल के पास’ लाई किरणका पिता सन्नी स्वयंले निर्माण र निर्देशन गरेका हुन् । एक भिडियो ब्लगर सहर सेठी (सहर बाम्बा) र एक पर्वतारोही करण सेहगल (करण देओल) को प्रेम कहानीमा फिल्म आधारित छ ।

यो फिल्मबाट सन्नीले आफ्नो छोरालाई बलिउडमा स्थापित गर्न चाहेका थिए । तर, फिल्मको असफलताले उनलाई निकै ठूलो धक्का पुगेको छ। फिल्ममा किरणको अभिनयको पनि खासै चर्चा भएन । अब उनलाई बाहिरी ब्यानरको फिल्मबाट अफर आउने सम्भावना न्यून छ । अहिले बलिउडमा देओल परिवारको तेस्रो पुस्तालाई फिल्म नफापेको चर्चा हुन थालेको छ ।flimkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button