हिन्दू शास्त्रअनुसार अहिले पितृ पक्ष चलेको छ । गएको भदौ २८ गतेदेखि पितृ पक्ष अर्थात सोह्र श्राद्ध चलेको छ । यसै बेला क्रिश्चिय धर्मालम्बीका रुपमा चिनिएका परिवार दलका अध्यक्ष एकनाथ ढकालले हिन्दु संस्कारअनुसार पितृको सम्झना गरेका छन् । क्रिश्चियन धर्मालम्बीका रुपमा ढकाल चिनिन्छन् । उनकै पहलमा गएको डिसेम्बर १ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई होलीवाइन खुवाइएको विषयले राजनीतिक तताएको थियो ।
सन् २०१८ डिसेम्बर १ मा ढकालको पहलमा नेपाल सरकार र इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ)ले संयुक्त रुपमा काठमाडौंमा गरेको समिटमा ‘जिससकी एकमात्र छोरी’ घोषणा गरेकी हक जा हन मुनले सहभागी सबैलाई होलीवाइन खुवाएको विषयले राजनीति मात्रै तताएन सरकारको कडा आलोचना समेत भयो । तर, उनै परिवार दलका अध्यक्ष एकनाथ ढकालले अहिले चलेको सोह्र श्राद्धमा पितृलाई सम्झँदै श्राद्ध गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।emechi.com/from