नेपाली इसाईहरूलाई लक्षितगरि खोलिएका दर्जनौं मिशन-सम्बन्धित संघसंस्थाहरूको बारेमा नेपाली मण्डलीहरूलाई नै थाहाँ नहुनु र ति संस्थाहरूले विदेशी दाताहरूबाट अरबौं असुलेर नेपाली इसाईहरूको नाउँमा चलखेल गरिरहेका कुराप्रति नेपाली मण्डली अनविज्ञ हुनु हाम्रो समुदायको लागि लज्जास्पद विषय हो ।
केहिवर्ष अगाडि शहीदहरूको आवाज नामक संस्था खोलेर, सतावटमा परेकाहरूको नाउँमा काम गर्न भन्दै, विदेशी दाताबाट खरबौं ठगेर भागेका व्यक्तिहरूको अन्तरिक खबर टुंगिन नपाउँदै, इसाई समुदायको निम्ति काम गर्ने बाहनामा फेरी आजकाल केहि माफियाहरू चलमलाउन थालेकाछन् ।
विश्वभर रहेका इसाईहरूको कष्टकर जीवनको आधारलाई मान्ने हो भने, नेपालमा कुनैपनि सतावट छैन । सानोतिनो आलोचना र आरोप लाउने कुराहरू भनेको परिवारभित्र पनि हुँदछ । तर दु:खको कुरा केहि माफियाहरूले इसाईहरूको नाउँमा खुलेआमरूपमा पैसाको निम्ति झुटो रिपोर्टहरू बनाएर विदेशी दातासम्म पुर्याईरहेको खबर बाहिरिन थालेको छ ।
नेपालमा हामीलाई बसी खानु दिएको छैन, भूमिगत जीवन बिताइरहेका छौं, अमेरिका आउन दिनुपर्यो भन्ने अघोषित समूहदेखि, नेपालमा सतावटले इसाईहरू मरिरहेका छन् भनेर विशेषगरि सतावट बेसमा काम गर्ने र केहि अन्य: अन्तराष्ट्रिय इसाई संस्थाहरूसँग पैसा असुल्नेहरू, आजको दिनमा निकै चलाखीसाथ फस्टाइ रहेका छन् ।
दर्जनौं संस्थाहरूले गुप्तरुपमा वेवसाईट समेत बनाएर पैसा असुलिरहेको तर नेपाली मण्डलीहरूलाई ति कतिपय संस्थाहरूको नाम समेत थाहाँ नहुँदा, ख्रीष्टको नाउँमा भएको चरम भ्रष्टाचार र माफियाको विकासले आकाश छुन लागेको छ । यहाँसम्म कि चरिकोट र सल्यानको घटनाहरू समेत देखाएर केहि समूहले विदेशी दातासँग लबिङ गरेको कुरा बाहिरिन थालेको छ ।
संसारभर रहेर सतावटमा परेका इसाईहरूको निम्ति काम गर्ने संस्थाहरूले कहिल्यै पनि आफ्नो विवरणहरू लुकाएका छैनन् । वेव साइटहरू बनाएर राखेका छन् । आफ्नो संस्था रहेका देशका मण्डलीहरूलाई बताएका छन्, उनीहरूसँग सहकार्य गरेका छन् । यो नेपालमा भएकाहरूले हामी त गुप्त मिनिष्ट्री भन्दै किन माफियाको शैली अपनाइरहेका छन् ? के नेपाली मण्डलीले यो विषयमा सोचेका छन् ?
सतावटमा परेको फेक डाटा बनाउने र पिडितलाई ५ लाख दिए, १० लाख दिए भनेर, यहाँ नेपालमा चाहिँ २० हजार दिने, १० हजार दिने, लत्ताकपडा दिने गरेर येशूको नाउँलाई माफियाहरूले बेचिरहेका छन् ।
इसाई समुदायको लागि भनेर खडा गरिएका महाँसंघ र इसाई समाज जस्ता संगठनले पनि इसाईहरूभित्र भएको माफियाको बारेमा केहि बोल्न नसक्नु र नखोज्नुमा पनि मण्डलीहरूको ध्यानाकर्षण हुनपर्ने देखिन्छ । किनकि उनीहरूभित्र पनि माफियाको साँकेतिक आधारहरू भेट्न सकिने प्रसस्त आधारहरू देखिन थालेका छन् ।
सत्यको निम्ति शाक्षी दिने अभियान बोकेर पनि, झुठ र ख्रीष्टको नाउँमा भएको चरम भ्रष्टाचारलाई स्वागत गरिरहेका हामी, हामीभित्रका खराब छोप्नलाई परमेश्वरमा डरपोक र शैतानसँग साहसिक बनेका छौं ।
केहि अग्रजहरूले आफ्नो अनुहार दुष्टतातिर फर्काउछ भनेपनि यूवा मित्रहरूले मण्डलीभित्रको माफियाको नामोनिशान मेटाउनलाई सहास गर्नुपर्ने बेला आएको छ । यसकारण ख्रीष्टियान भित्रका माफियाहरूको खोजि गरौँ ।
Copied from #shrawanbomjan facebook.