खबरमूल खबर

सभामुख र कजाखस्तानका प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता

अस्ताना (कजाखस्तान), ७ असोज । यूरेशियाली देशका सभामुखहरुको चौथो बैठकमा सहभागी हुन कजाखस्तान जानुभएका सभामुख कृष्णबहादुर महरा र कजाखस्तानका प्रधानमन्त्री अस्कर मामिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पारस्परिक सहयोग, व्यापार र लगानीलाई अभिवृद्धि गर्ने लगायतका बारेमा छलफल भएको थियो ।
नेपाल र कजाखस्तानबीचको सम्बन्ध राम्रो रहेको बताउनुहुँदै सभामुख महराले आगामी दिनमा कूटनीतिक तथा राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

सभामुख महराले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको जानकारी दिनुहुँदै नेपाल भ्रमणका लागि कजाखस्तानका प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । साथै आफ्नो देशका नागरिकहरुलाई नेपाल भ्रमणका लागि प्रेरित गरिदिन पनि महराले आग्रह गर्नुभएको थियो । महराले युरेशिसन देशका सभामुखहरुको बैठक आयोजना गरेकोमा प्रधानमन्त्री मामिनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

भेटवार्ताका अवसरमा कजाखस्तानका प्रधानमन्त्री मामिनले नेपालसँगको सम्बन्ध थप सुदृढ गर्न र व्यापार तथा अन्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न इच्छुक रहेको बताउनुभयो । युरेशियन देशहरुका सभामुखहरुको बैठकको अवसरमा नेपालको प्रतिनिधि मण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

साभार: सभामुख महराको सचिवालयबाट फेसबुकमा जारी समाचार ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button