खबर

युवतीलाई ‘प्रेम गर्दै’ बन्धक बनाएर अश्लील भिडियो

रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्।

हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई पनि बन्धक बनाएर सँगै अश्लील चित्र खिच्न थाले।

अभियुक्त गोलेलाई प्रहरीले पक्राउ गरेको छ। निजका दुई श्रीमती छन् भने अन्य युवतीलाई पनि यौनशोषण गरेको र विभिन्न क्षेत्रका व्यक्तिलाई ठगी गरेको उजुरी प्रहरीकोमा दर्ता छ।

गत भदौ ६ गते पाँचखालस्थित घरबाट हराएकी युवती १४ गतेदेखि परिवारसँग सम्पर्कमा थिइनन्। १७ गते अपरिचित व्यक्तिले युवतीका बाबुआमालाई फोन गरी दुई लाख भए छोरी छुट्ने भन्दै धम्क्याउन थाल्यो।

परिवारले १८ गते प्रहरीकोमा जाहेरी दिए। प्रहरीले मोबाइल ट्रेसका आधारमा गोलेलाई पक्राउ गर्यो। गोले पक्राउ परेको दुई दिनपछि मात्रै बेपत्ता बनाइएकी युवतीलाई प्रहरीले फेला पारेको थियो। नेपाल समाचारपत्रमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button