खेलकुद

भिल्लारियलमाथि बार्सिलोनाको जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले २-१ को जित दर्ता गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनाले छैटौं मिनेटमा नै अग्रता लिएको थियो । बार्सिलोनाका लागि पहिलो पटक सुरुवाती रोजाईमा कप्तान लिओनेल मेस्सी, ग्रिज्मन र लुइस सुआरेजले आक्रमणको जिम्मेवारी सम्हालेका थिए । मेस्सीको क्रसमा ग्रिज्मनले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको १५ औं मिनेटमा गोल गर्दै आर्थरले घरेलु टोलीको अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सान्टि कजोर्लाले उत्कृष्ट गोल गर्दै भिल्लारियललाई खेलमा फर्काएका थिए ।

दोस्रो हाफमा चोटका कारण कप्तान मेस्सी मैदानमा उत्रेनन् । उनलाई सामान्य चोट लागेको र थप असर नपरोस भनेर विश्राम दिइएको प्रशिक्षक एर्नेस्टो भालभेर्डेले बताएका छन् । मेस्सी यस सिजन पहिलो पटक सुरुवाती रोजाइमा खेलेका हुन् । उनले हालसम्म कुनै खेलमा पूरा समय मैदानमा बिताएका छैनन् ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ६ खेलमा १० अंक रहेको छ । ग्रानडा, एथलेटिक बिल्बाओ र रियल म्याड्रिडको समान ११-११ अंक छ । रियलले बुधबार ओसासुनाको सामना गर्नेछ भने बिल्बाओले ओसासुनासँग खेल्दैछ ।

hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button