खेलकुद

रहिम र जेससको गोलमा सिटीको सहज जित

एजेन्सी – रहिम स्ट्रलिङ र ग्याब्रियल जेससको गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग कप (इएफएल) मा सहज जित निकालेको छ ।

सिटीले च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल उपहार पाएको थियो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । जितसँगै सिटी इएफएल कपको चौथो चरणमा प्रवेश गरेको छ ।

दिपडेल स्टेडियम प्रिस्टनमा मंगलबार राति भएको खेलमा रहिमले खेलको १९औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले इरिक गार्सियाको पासमा गोल गरेका थिए ।

३५औं मिनेटमा ग्याब्रियल जेससले रहिमको पासमा गोल गर्दै सिटीलाई खेलमा २–० ले अघि बढाए । ४२औं मिनेटमा रायन लेड्सनले आत्मघाती गोल गरेपछि सिटी घरेलु टोलीविरुद्ध पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

दोस्रो हाफमा प्रिस्टनलाई लगातार दवावमा राखेपनि गोल गर्न नसक्दा पहिलो हाफमा ३ गोल नै सिटीको जितमा पर्याप्त बन्यो ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button