खबरमूल खबर

सामुदायिक चर्च भवनको पूर्व अर्थमन्त्री पाण्डेद्वारा शिलान्यास

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

राप्ती नगरपालिका वडा नम्बर ४ स्थित सुन्दरबस्तीमा सामुदायिक चर्च भवनको शिलान्यास गर्नुहुदै उहाँले सुन्दरबस्ती अगापे मण्डलीले राम्रो कार्य सुरुवात गरेकोमा धन्यवाद दिदै उहाँले भवन निर्माणका लागि आबस्यक सहयोगको लागि संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

सुन्दरबस्ती अगापे मण्डली डडुवाले आयोजना गरेको कार्यक्रममा प्रमुख बक्ता एबं एन. सि. एफ नेपालका केन्द्रिय अध्यक्ष हनोक तामाङले भवन निर्माणको सफलताका लागि प्रबचन सहित प्रार्थना गर्नुभएको थियो। कार्यक्रमका बिशिस्ठ अतिथि एबं चितवन ख्रीस्टियन महासघंका अध्यक्ष हरि खातीले यस प्रकारको सामुदायिक भवन निर्माणले सबै मानिसहरुका लागि सेवाको स्रोत बन्न सक्ने बिश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सभापति एबं सोही मण्डलीका पा. वीर बहादुर तामाङले सामुदायिक भवन निर्माणको उद्देश्य नै मानविय सेवा र समाज सेवाका लागि लक्षित रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button