ललितपुर। पशु पालन र कृषि कार्यक्रम सुनिएकै हो । अब बाँदर व्यवस्थापन कार्यक्रम पनि आएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले बाँदर व्यवस्थापन विशेष कार्यक्रम ल्याएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको निर्देशनालयको हेटौंडास्थित कार्यालयले यस आर्थिक वर्षमा स्वीकृत गरेको ११ वटा कार्यक्रमहरुमध्ये बाँदर व्यवस्थापन कार्यक्रम पहिलो नम्बरमा छ । यसका लागि ४० लाख बजेट विनियोजन भएको छ । । यो कार्यक्रम काठमाडौं, सिन्धुपाल्चोक र चितवन जिल्लामा लागू हुनेछ ।
प्रस्ताव आव्हान गरिएकोमा बाँदर व्यवस्थापन विशेष कार्यक्रमका लागि दुई वटा परिमाण रहेको उल्लेख छ । यसका लागि सरोकारवाला संघसंस्थाहरुले प्रस्ताव पेश गर्न सक्नेछन् । स्वीकृत कार्यविधिको नाम बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ उल्लेख छ ।
यसबाहेक पाडापाडी पालन कार्यक्रम, साझेदारीमा सामूहिक गाईपालन कार्यक्रम, साझेदारीमा सामूहिक गाईपालन कार्यक्रम, साझेदारीमा पशु आहार उद्योगलगायतका कार्यक्रम पनि छन् । यसका लागि जिल्ला तोकेर कार्यक्रमका लागि प्रस्ताव आव्हान गरिएको छ ।krishipatrika