खबर

दुईतिहाइ जनता सविधानको विरोधमा छनः राजेन्द्र महतो

जनकपुर ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन्।

जनकपुरमा बुधबार पत्रकार सम्मेलन गरेर नेता महतोले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने धारणा राखेका हुन्।

उनले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने तर्कसमेत गरे। ‘पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ’, उनले भने, ‘तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो।’

जनताको भावनालाई सम्मान गर्न मधेसवादी ६ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा राखे। एक फरक प्रसंगमा उनले संविधान संशोधन नभएसम्म विरोध भइरहने बताए।

उनले संविधान रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताए। ‘मधेसी जनताको छातीमा गोली चलिरहेको बेला संविधान जारी भयो। दुईतिहाइको बलमा संविधान त जारी भयो’, उनले भने, ‘तर अहिले पनि दुईतिहाइ जनता संविधानको विरोधमा छन्।’न्युज अफ नेपाल,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button