
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् ।
प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले दोस्रो श्रेणीको मिल्टन केनिस डन्सलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो ।
लिभरपुलको जितमा जेम्स मिल्नर र किजाना होइभरले गोल गरे । खेलको ४१औं मिनेटमा जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। ६९औं मिनेटमा होइभरले गोल गर्दै लिभरपुलको २–० को जित पक्का गरे ।
यस्तै अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले दोस्रो श्रेणीको रोचदालेलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ६८औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै म्यानचेस्टरलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा लुकी म्याथिन्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।hamrokhelkud