मेचीनगर । जतिजति चाडपर्व नजिकिदै छन् देश भरिनै चोरी, लुटपाट र पाकेटमारका घट्नाहरु पनि दिनदिनै बृद्धि भएको पाईन्छ । खास गरेर मोटरसाईकलको प्रयोग गरेर लुटपाट गर्ने , रातको समयमा चोरी गर्ने र सार्वजनिक यातायातमा पाकेट मार्ने जस्ता कार्य अहिले बढेको पाईन्छ । झापाको काँकरभिट्टा स्थित बाहुण्डाँगी रोडमा केही दिन अघि मात्रै एकै रातमा तिन वटा पसल चोरी भएकाछन् ।
सांकेतिक तस्विर
काँकरभिट्टाबाट ईटहरी जाने क्रममा एक यात्रुको दुर्गापुर छेउ पुग्न लाग्दा आफ्नो मनी ब्याग ( पर्स ) हराएको उनले थाहा पाए । यी त केवल चोरीका घट्नाका केही प्रतिनिधि उदाहरण मात्रै हुन् । अरु बेला पनि यस्ता घट्ना घटेका भए पनि चाडबाडको आगमनसँगै बढ्ने गर्दछन् ।
चोरी, लुटपाट र पाकेटमारबाट हुने र गरिने यस प्रकारका कार्यलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले अहिले तदारुकता देखाएता पनि चोरी गर्ने समूहनै अगाडि परको देखिन्छ । काँकरभिट्टाको बाहुण्डाँगी रोडमा केही दिन अघि भएको चोरीको घटनामा दर्शन मेडिकल हलको सी सी क्यामेराले चोरी गर्ने ब्यक्तिलाई देखाएता पनि उसको चलाखीलेनै भन्नु पर्छ होला अहिले सम्म उक्त घट्नामा समलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको जानकारीमा आएको छैन । दर्शन मेडिकल हलको सी सी क्यामेरामा चोरी गर्ने ब्यक्तिको तस्विर भए पनि उसको अनुहार प्रष्ट देख्न सकिदैन ।
बिशेषगरी शहर र बजार क्षेत्रमा अहिले चोरी र लुटपाटका घट्ना बढिरहेको देखिन्छ भने सार्वजनिक यातायातमा पकेटमारहरु सल्बलाउन थालेका छन् । शान्ति सुरक्षाका खातिर प्रायस शहर र बजारमा सी सी क्यामेरा जडान गर्ने क्रम त बढेको देखिन्छ तर आपराधिक गतिविधि समेत त्यही मात्रमा बढदै गएको पाईन्छ । महङ्गा गरगहना र सार्वजनिक रुपमै आफुसँग भएको पैसाको प्रदर्शनले पनि अपराधिक गतिबिधि गर्ने हरुलाई सहज भएको एक जानकार बताउँछन् ।
कस्ता ठाउँमा बढी लुटपाट र चोरी हुन्छ त ?
एक पूर्व प्रहरी अधिकृतका अनुसार एकान्त, भीडभाड स्थान र वित्तिय कारोबार हुने स्थानलाईनै चोरी र लुटपाट गर्ने समूहले बढि केन्द्रित गरेको उनको भनाई छ । उनका अनुसार सार्वजनिक स्थानमा महङ्गा मूल्यका गहना र पैसाको प्रर्दशनी पनि अर्को कारण रहेको उनी बताउँछन् । पकेटमारहरुले प्राय सार्वजनिक यातायात र भीडभाड हुने स्थानमा बिभिन्न बहाना गरेर पाकेट मार्ने गरेको उनले बताए ।
सावधानी हुन के गर्ने त ?
परिवारका सदस्यहरु घर बाहिर निस्कदा कोही न कोही ब्यक्ति घरमा बस्ने , महङ्गा गरगहना लगाएर सकभर न हिड्ने , एकान्त स्थानमा नजाने, भीडभाड स्थलमा सजक बन्ने, सार्वजनिक यातायातमा यात्रा गर्दा सावधानी बन्ने, आफु प्रति अपरिचित ब्यक्तिले कुनै शंकास्पद गतिविधि गरे प्रहरीलाई खबर गर्ने जस्ता कार्य गरे यस प्रकारका घटनाबाट बच्न सकिने जानकारहरु बताउँछन् ।