सृजनाको चौतारी

सुमित्रा चेलीको उही धर्ती, उही आकाश लोकार्पण

दमक/साहित्यकार सुमित्रा वाङ्देल चेलीको गजल संग्रह “उही धर्ती उही आकाश“को दमकमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको छ । प्राज्ञ विवश पोखरेलले सो कृतिको लोकार्पण गरे ।
कार्यक्रममा लोक गायक एल. पी . जोशी, गजलकार मधु पोखरेल, साहित्यकार तथा सामाजिक व्यक्तित्वहरु मेघराज तिम्सिना, राजेन्द्र संग्रौला, रामप्रसाद खरेल, डा. नवीन चापागाँई, धनञ्जय बाँस्कोटा, भूमि दाहाल, कविता केशरी,दिङ्लाली कान्छा,रविन कन्दङ्वा, अनिल फागो, गगन योक्पाङ्देन,बाटोघरे कान्छा, साहित्यकार तथा पत्रकारहरु डिकेश लामा, गोपाल झापालीका साथै स्रष्टाहरु राजकुमार अनिश्चित,याम थुलुङ, जितेन मुस्कान, मेचीपुत्र, दुखी पामदा, मञ्जुश्री,अशोक बस्नेत, नवीन योगी , लक्ष्मीप्रसाद खनाल, दिलीप घिमिरे , दुर्गा काफ्ले ,हिमांशु लगायत सहभागी थिए ।
कार्यक्रममा मधु पोखरेलले कृतिमाथि समीक्षा गरेका थिए । देशराज नेम्वाङले सञ्चालन गरेको कार्यक्रममा इक्शा सम्बाहाम्फेले स्वागत मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button