खबर

मध्यरातमा ४५ सडक बालबालिकाको उद्धार

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार गरिएको छ।

राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति ४५ बालबालिकाको उद्धार गरेको हो।

बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले राजधानीमा फैलिरहेको डेंगु र स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरून् भन्ने हेतुले उनीहरूको उद्धार गरिएको जानकारी दिए।

‘सडक बालबालिकाको उद्धार नियमित काम नै हो तर अहिले डेंगु र स्क्रब टाइफसजस्ता रोगहरूको जोखिम छ’, उनले भने– ‘सडक, गल्ली, फोहोर र खोलाका किनारमा बस्ने सडक बालबालिका झन् जोखिम हुने भएकाले उद्धार गरिएको हो।’  नेपाल समाचारपत्रमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button