![](https://chautaripostonline.com/wp-content/uploads/2019/09/IMG20190927151753.jpg)
१० असोज २०७६, ललितपुर । रेभ. पा. चेत बहादुर खरेलले आत्मिकी दौडको मैदानमा धेरै पाष्टर अगुवाहरूलाई उछिनेर अगाडी पुगीसकेको जिसस कलेजका संचालक तथा संस्थापक अध्यक्ष रेभ. डा. लोकमणी भण्डारी (लुक) ले बताए” ।
आज स्वतन्त्र विश्वव्यापी मण्डलीको भवनमा आयोजित कार्यक्रममा उनले धर्मगुरूहरुलाई सम्मान गर्नु र प्रेम गर्नुभनेको धेरै आशिषको कार्य भएको बताउँदै पाष्टर खरेलको चङ्गाइको सेवा विगत १० वर्षदेखि आफनो कलेजले नियाल्दै आएको र सोही कार्यको मुल्याङ्कन गरी २५ वटा राष्ट्रका बाइवल कलेज, विभिन्न सेमिनारी कलेज र संयुक्त विशपहरूको सभाले सम्मानसाथ डाक्टर अफ मिनिष्ट्रि इन हिलिङ्ग पाष्टरल मिनिष्ट्रिको मानार्थ डिग्री प्रदान गरिएको दावी गरे ।
कार्यक्रममा स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पाष्टर तथा वि.नि.प्र.प्र.सेवकाई नेपालका संस्थापक अध्यक्ष रेभ. डा. चेत बहादुर खरेलले विगतका कुरा सम्झिदैँ उनले चङ्गाईको सेवा गर्दा आफुलाई धेरै सताइएको र त्यस्तो सतावट दुःख आउँदा पनि मलाई प्रभुले दिनुभएको चङ्गाईको वरदानलाई नरोकी निरन्तर प्रभुको महिमाको निम्ति सेवा गर्दै आएको बताए । उनले आफु र यो चङ्गाइको बिरोध गर्नेहरुको लागि सधैं प्रार्थना गरिराखेका समेत बतााए। कार्यक्रममा विभिन्न मण्डलीका पाष्टरहरू तथा विश्वासीहरु, पत्रकारहरूको उल्लेखिय सहभागिता रहेको थियो ।