(दीपक अधिकारी) भद्रपुर । नियमनकारी निकायहरूको अनुगमन र निरीक्षणको अभावमा दैनिक उपभोग्य खाद्य पदार्थको मूल्य वृद्धि भएर सर्वसाधारण नेपाली जनता समस्याको शिकार भइरहेको अवस्थामा झापाको बजारमा प्रयोगमा ल्याइएका मापदण्ड विपरीतका ढक–तराजुबाट समेत ठगिइरहेका छन् ।
नेपाली ढक भन्दा भारतीय ढक (चेप्टो) १ किलोको ढकमा ५०–१०० ग्रामसम्म कम तौल हुने गरेकोले भारतीय ढक प्रयोगकर्ताबाट नेपाली उपभोक्ताहरू ठगिने गरेका हुन् । हरियो सागसब्जीदेखि फलपूmल, किराना सामान र माछा–मासु बिक्रीसम्ममा भारतीय ढक–तराजु प्रयोग गर्दा व्यापारी आफैले मनमौजी रूपमा तोकिएको मूल्य तिर्दा समेत उपभोक्ताले सही तौलको सामान पाउने गरेका छैनन् ।
मुख्यगरी झापाका विभिन्न हाटबजारमा तरकारी, फलपूmल, माछा–मासु ब्यापारीहरूले भारतीय ढक मात्र नभई ढुंगालाई समेत ढक बनाएर सामान बिक्री वितरण गर्ने गरेका छन् । तराजुमा समेत ब्यापारीले विभिन्न गोटी तथा पोकाहरू झुण्डाउने र सामान सधैं एकातर्पm मात्र राख्ने र ढक एकातर्पmमात्र राखेर बिक्री वितरण गर्दा तोकेको मूल्य तिर्दा समेत सर्वसाधारणले सही तौलको सामान पाउन नसकेका हुन् ।
नेपाल सरकारको स्टाण्डर्ड नाप र तौल ऐन, २०५५ को दफा २२ मा व्यापारिक नाप तौलमा परिमाण र संज्ञा अङ्कित हुनुपर्ने र तोकिए बमोजिमको जाँचमा स्पष्ट छाप लगाइएको हुनुपर्ने उल्लेख गरिएको छ । साथै सोही ऐनको दफा २३ मा टाँचा नलागेको व्यापारिक नाप तौलको बिक्री वितरण वा प्रयोग गर्न नहुने उल्लेख गरिएको छ । तर, व्यवसायीहरूले ऐनकै बर्खिलाप ढक चेकजाँच नगराई एवम् टाँचा नलगाई खुल्लेआम ढक तराजु प्रयोग गरिरहेका छन् भने नियमनकारी निकायले त्यसतर्फ कुनै ध्यान दिएको छैन ।
ऐनको दफा २५ मा व्यापारी तथा व्यवसायीले नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न तोकिएको समयभित्र तोकिएको दस्तुर तिरी आप्mनो नाम दर्ता गराई निरीक्षकबाट अनुमति लिनुपर्ने उल्लेख गरिएको छ । तर, झापामा अधिकांश व्यापारीले ढक तराजुको अनुमति लिएका छैनन् । अझ हाट बजारका व्यापारीले त कसैले पनि अनुमति लिएका छैनन् ।
स्टाण्डर्ड नाप र तौल ऐन, २०५५ दफा ३० मा प्रस्ट रूपमा कसैले कुनै स्टाण्डर्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाली लगाई वा घटी बढी बनाए वा बनाउन लगाएमा वा त्यस्तो जाली वा घटी बढी नाप वा तौल वा तौलने यन्त्र जानी जानी सक्कली रूपमा व्यवहार गरेमा वा व्यवहार गर्ने उद्देश्यले राखेमा वा बिक्री गरे गराएमा वा यो ऐन वा यस ऐन अन्तरगत बनेका नियमहरू बमोजिम स्टाण्डर्ड नाप वा तौल वा नाप्ने तौलने यन्त्र लगाउने छाप टाँचा जाली बनाएमा वा बनाउन लगाए वा राखेमा वा त्यस्तो नाप वा तौल नाप्ने वा तौलने यन्त्रको छाप बिगारी जाली टाँचा लगाएमा निजलाई १ हजार जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय हुनेछ, भनिएको छ । तर, झापामा अहिलेसम्म मापदण्ड विपरीतकै ढक तराजु प्रयोग गरेकोमा कुनै दण्ड सजाय भएको छैन ।
गाउँपालिका तथा नगरपालिकाहरूले आन्तरिक आयस्रोतका लागि स्थानीय हाटबजार लगाउने गरेका छन् । तर, बजार अनुगमन र निरीक्षणमा भने गाउँपालिका तथा नगरपालिकाले ध्यान दिएको छैन । नगरपालिका तथा गाउँपालिकाले हाट बजारको कर उठाउने ठेक्का लगाएर एकमुष्ठ रकम असुल्ले बाहेक हाट बजारमा ठेकेदारले कसरी व्यवसायीसँग कर असुल्दै छ भन्ने समेत ध्यान दिने गरेको छैन ।
झापाको सदरमुकाम भद्रपुर–चन्द्रगढीको हाटबजारमा समेत अधिकांश मापदण्ड विपरीतका भारतीय ढक तराजु खुल्लेआम प्रयोग भइरहेको छ । पहिला जिल्ला बजार अनुगमन समितिले आक्कल–झुकल ढक बरामद गर्ने गरेपनि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा आएपछि भने ढक तराजुको अनुगमन नै गरिएको छैन । जसका कारण व्यापारीहरूले झन खुल्लमखुल्ला भारतीय ढक–तराजु प्रयोग गरिरहेका छन् ।
बजारमा गैरकानूनी रूपमा तौल कम भएको भारतीय ढक– तराजु प्रयोगका सम्बन्धमा व्यवसायीको संस्था झापा उद्योग वाणिज्य संघ जिल्ला कार्यालयले समेत कहिल्यै कुनै चासो देखाएको छैन । संघको निर्वाचनमा मात्र चहल पहल हुने संघमा निर्वाचन पनि कानमा तेल हालेर सुत्ने गरेको छ ।
अन्त्यमा, गाउँपालिका क्षेत्रमा गाउँपालिकाले आन्तरिक आयस्रोतका लागि लगाइने स्थानीय हाट– बजारमा स्थानीय उपभोक्ताहरूमा जनचेतनाको अभाव देखिएको छ भने ब्यापारीहरूमा अनुगमन निरीक्षणको खाँचो छ । नगर तथा सदरमुकाममा समेत उपभोक्ता स्वयम् पनि सचेत हुनुपर्ने भएको छ । भारतीय गोलो चेप्टो ढक तथा ढुंगा राखेर सामान तौलेमा तत्काल प्रतिकार गर्ने र नमाने स्थानीय निकाय तथा स्थानीय प्रहरी चौकीमा सम्पर्क गरी कार्वाहीको दायरामा पुर्याउन सके मात्र कम तौल भएको ढक प्रयोगमा कमी आउँछ ।
स्मरण रहोस्, केहीवर्ष अगाडि घरेलु तथा साना उद्योग कार्यालयमा प्रमुख राधाकृष्ण खतिवडा र भद्रपुर नगरपालिका कार्यालयमा प्रमुख सुवास श्रेष्ठ कार्यकारी अधिकृत रहँदा एक टोली नै बनाएर झापाको सदरमुकाम भद्रपुर चन्द्रगढी क्षेत्रका बजार अनुगमन तथा मापदण्ड विपरीतका ढक तराजु जफत गर्ने अभियान नै चलाएका थिए । जसका कारण सर्वसाधारण उपभोक्तालाई धेरै राहत प्राप्त भएको थियो । टाइम्स अफ प्रदेश
0 21 3 minutes read