दसैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन्। यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ ।
जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादन न्यून हुन्छ । हिउँद अन्न सकिएको र वर्षै अन्न पाकी नसकेकाले किसानलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको हो । सोरुकोट, पुलु, श्रीकोट, कालै, रातापानीलगायत खाद्य डिलो गत साउनदेखि रित्तै छन् ।
गमगढीस्थित संस्थानको शाखा कार्यालयमा कारिब डेढ सय क्विन्टल खाद्यान्न मात्र मौज्दात छ । उक्त जामल जन्म र मृत्यु संस्कारका लागि बचत राखिएको छ । कान्तिपुर दैनिक छ ।