खेलकुद

बार्सिलोनालाई ३०० युरो जरिवाना!

एजेन्सी – दि रोयल स्पेनिस फुटबल एसोसिएसनले नियम मिचेको भन्दै क्याटलान क्लब बार्सिलोनालाई कारबाही गरेको छ ।

स्पेनिस फुटबल फेडेरेसनले बार्सिलोनाले खेलाडी अनुबन्धमा नियमविपरीत एन्टोइन ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना तोकेको हो ।

फेडेरेसनले आर्टिकल १२६ मा रहेको अनुशासन नियमका आधारमा कारवाही गरेको थियो । बार्सिलोनाले गत जुलाईमा एट्लेटिको मड्रिडबाट ग्रिजमनलाई १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

एट्लेटिकोले रिलिज क्लजभन्दा कम रकममा लगेको भन्दै स्पेनिस फुटबल फेडेरेसनमा उजुरी दिएको थियो ।

मड्रिडले ग्रिजमनको २०० मिलियन युरो रकमको क्लज रिलिज तय गरेको बताएको थियो । उजुरीउपर सुनुवाइ गर्दै फेडेरेसनले बार्सिलोनालाई कारबाही गरेको हो ।hamrokhelkud

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button