
जो अहोरात्र माहुरीझै झुम्मिएर लागेका छन् , राम तामाङ्गसँगको कुराकानी समेत
मेचीनगर जो कसैको आँखा त्यहाँ पर्न साथ उसको आँखाको सुन्दरता हेर्ने तिब्र चाहनालाई मात्र होईन मनलाई पनि सहजै आकर्षण गरिदिन्छ । स्वभावैले मानव मन प्रकृतिको सृजनात्मक र कलात्मक सुन्दरतामा आकर्षित नभई धर पाउँदैन तर कतिपय अवस्थामा प्रकृतिको त्यो सुन्दर रुप र पक्ष आँखाले ठम्याएर , नियालेर , दिल र दिमागले त्यसको अन्तर समिक्षा नगर्दा ओझेल भित्रको सुन्दरता पनि बन्दो रहेछ । तर, त्यही ओझेलमा जब कसैको दिल र दिमाग अनि अन्तरमनको ईमान र कृयाशिलताको संयोजन बन्न पुग्छ त्यहाँ जन्मन्छ फेरि अर्को सुन्दर सृजना त्यस्तै भएको छ मेचीनगर पालिका वडा नं ६ मा रहेको पहिलाको फोहोर मिल्काउने, दुब्यसनिको कोल्टे परेर बस्ने आश्रय जस्तो र ताप्रेघारीको रुप अहिले यहाँका स्थानियको मात्र नभएर बाहिरबाट काँकरभिट्टा आउने पर्यटकहरुको मन खिच्ने रमाईलो स्थल बिपि पुष्पलाल वाटिका ।
निरन्तरता, सकृयता, सामूहिक सहभागिता र नागरिकको दायित्वको संयोजनलेनै हिजो त्यो बाटो भएर हिड्दा नाक थुनेर वाक्क वाक्की गर्दै दगुर्नु पर्ने त्यही स्थान आज सबैका लागि सुन्दर सपनाको एउटा झलक जस्तो भएको छ । मेचीनगर नगरपालिकाको काँकरभिट्टाको यो फोहोर भिरालो आज सबैको आकर्षणको स्थल बन्न पुगेको छ । बजार क्षेत्र भित्र रहेर पनि दुरदराजको वेवास्ताको जस्तो यो भिरलाई आज सबैको मन खिच्न सक्ने सुन्दर र रमाईलो बनाउन यहाँका सबैको चासो र सहयोग भएपनि एउटा नाम छ जसले हिजोको पर फ्याँकेको वस्तुको जस्तो हेलाहोचो जस्तो ठाउँलाई आजको अवस्था सम्म ल्याउन भोक प्यास र रात दिन नभनि माहुरीझै एकोहोरो लागेका मान्छे उनी हुन् राम तामाङ्ग जसको सफा र चोखो सोचका कारण पनि आज बिपि पुष्पलाल वाटिका गजक्क परेर हाँसेको छ ।शायद बिपि कोईराला र पुष्षलाल श्रेष्ठले पनि आफ्नो राजनीतिक यात्रामा होमिरहेका बेलामा समग्र नेपाललाई पनि यस्तै सुन्दर देश बनाउने परिकल्पनाका संघर्षको महासमरमा हेलिएका थिए होलान् आजको बिपि पुष्पलाल वाटिका जस्तै स्निग्ध र कञ्चन मनबोकेर बिपि र पुष्पलाल !
मेचीनगर ६ काँकरभिट्टामा रहेको बिपि पुष्पलाल वाटिका भन्ने साथ राम तामाङ्गको नाम पनि सँगै जोडिने गरेको छ । हुनत यो सुन्दर र रमाईलो स्थान बनाउनका लागि यहाँका सम्बन्धित सबैको आ आफ्नो योगदान नभएको होइन तर यसको परिकल्पना र दिन रात नभनी आफ्नो ब्यबसायलाई भन्दा धेरै महत्व र समय यो वाटिका निमार्णमा रामले खर्चेको कुरा सबैले देखेकाछन् । उनी हरेक विहान, दिउँसो र बेलुकीको समय करिब २ देखि ३ घण्टा यो निमार्णको अन्तिम चरणमा पुगेको वाटिका स्थलमा दिने गर्दछन् । बिपि पुष्पलाल वाटिकाको विगत देखि वर्तमान र आगामी दिनका कार्य योजनाका बारेमा चौतारी पोष्ट अनलाइनले उनै राम तामाङ्गसँग कुराकानी गरेको छ । प्रस्तुत छ तामाङ्गसँग गरिएको यो कुराकानी ।