स्वास्थ्य

कम्युनिस्ट सरकारले आयुर्वेदको महत्व चिन्न सकेन : डा. कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट सरकारले आयुर्वेदलाई उपेक्षा गरेको बताएका छन्l

प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघले शनिबार आयोजना गरेको विजयादशमी लगायतका चाडपर्वको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

कांग्रेसका पालामा भएका राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति, आयुर्वेद विभागको स्थापना जस्ता महत्वपूर्ण कार्यहरुको स्मरण गराउदै उनले भने, ‘अहिले स्वास्थ्य क्षेत्रको ०.२८ प्रतिशत बजेट आयुर्वेद क्षेत्रलाई निकै कम छ। यो भनेको बजेट नदिए बराबर हो।’

आफू विदेश जादा विदेशमा आयुर्वेदको आकर्षण बढेको कोइरालाले उल्लेख गरेका थिए। उनले वर्तमान सरकारले आयुर्वेदको महत्व चिन्न नसकेको समेत बताएका थिए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले नेताको इमान्दारिता नभएकाले देश यो अवस्थामा गुज्रिएको बताएl

भावुक शैलीमा प्रस्तुत हुँदै बसभित्र उनले बिरामी उपचारका लागि ल्याउँदै गर्दा सडक जामका कारणले मृत्युको घटना हुनु दुखद् भएको बताए।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले संगठनले मजबुत एवं संगठित हुँदै आफ्नो कार्य गरेमा भातृ तथा शुभेच्छुक संस्थाले नेता डोराउने वातावरण निर्माण गर्ने विचार प्रकट गरे।

‘हामी आतिनु वा डराउनुपर्ने कुनै अवस्था छैन, आफ्नो गतिविधि जारि राख्नुस,’ उनले भने।

कार्यक्रममा महर्षि वैदिक फाउन्डेसन नेपालका अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दीपक प्रकाश बाँस्कोटा, विश्व हिन्दू महासंघका उपाध्यक्ष सुमन गिरि, नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवाली, नेपाल आयुर्वेद चिकित्सक संघका संस्थापक अध्यक्ष प्रा. डा. चन्द्रराज सापकोटा, संघका पूर्व अध्यक्षहरु प्रा. डा. श्याममणि अधिकारी, ठाकुर प्रसाद दुवाडी, ऋषिराम कोइराला र डा शंकर पौडेलले मन्तव्य राखेका थिएl

कार्यक्रमको सभापतित्व संघ अध्यक्ष प्रा.डा.रामचन्द्र अधिकारीले गरेका थिए lस्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button