स्वास्थ्य

चिकित्सक भन्छन्- अब हामी कुकुरले टोके १० दिन पर्खन भन्दैनौं

पहिले भन्ने गरिन्थ्यो– कुकुरले टोके १० दिनसम्म हेरौं, कुकुर मर्‍याे भने सुई लाऔं, जिउँदै रहे केही नगरौं। तर अब यसो भन्नु गलत हुनेछ।

घरपालुवा, सामुदायिक वा जुनसुकै कुकुरले टोके, चिथोरे, खोस्रे तुरुन्त अस्पताल गएर सुई लगाउन चिकित्सकहरू सल्लाह दिन्छन्। उनीहरूका अनुसार समयमै खोप लगाए रेबिजबाट बच्न सकिन्छ।

‘अब हामी कुकुरले टोक्दा १० दिन पर्खन भन्दैनौं,’ इपिडीमियोलयोजी तथा रोग नियन्त्रण महाशाखा, जुनोसिस तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका डा. हेमन्त चन्द्र ओझाले भने।

डा. ओझाले नयाँ दिशानिर्देश (गाइडलाइन) सुनाउँदै कुकुरले टोके, चिथोरे, खोस्रे प्रभावित ठाउँलाई राम्ररी साबुपानीले धोई अस्पताल गएर चिकित्सकीय सल्लाहमा ३ पटक सुई लगाउनुपर्ने बताए।कान्तिपुरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button