इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका ६ मो टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । सञ्चारपाटी