खबर

ज्येष्ठ नागरिक सम्मानित

मेचीनगर / ज्येष्ठ नागरिक संघ साविक शान्तिनगर गाविसले आइतबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकको हितमा क्रियाशील दधिराम खतिवडालाई सम्मान गरिएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बासुदेव खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनलाई भादगाउँले टोपी र एकजोर कुर्तासलवार प्रदान गरी सम्मान गरिएको हो ।

विजया दशमीको सन्दर्भ पारेर आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा त्यस क्षेत्रका २० जना ज्येष्ठ नागरिकलाई रुद्राक्षको माला पहिर्याएर जनही नगद ५ सय रुपैयाँसहित फलफूल वितरण गरियो ।

संघ झापाका वरिष्ठ सल्लाहकार महावीरप्रसाद अग्रवालले ज्येष्ठ नागरिकलाई प्रदान गरिएको नगदराशी, रुद्राक्षको माला, फलफूल, भादगाउँले टोपी, कुर्तासलवारलगायत जुटाएका कार्यक्रमका सहजकर्ता संघका जिल्ला उपाध्यक्ष हरिप्रसाद ओलीले बताए ।

शान्तिनगरका ज्येष्ठ नागरिक योगेन्द्र खतिवडाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत ज्येष्ठ नागरिक तथा अपांगता संघ होक्सेका अध्यक्ष मोहन तिम्सिनाले गरेका थिए ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button